घर घरमै गएर निशुल्क ब्यक्तिगत घटना दर्ता गर्दै रेसुंगा नगरपालिका

गुल्मी : जिल्लाको रेसुङगा नगरपालिकाले घर घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने अभियान चलाएको छ ।

नगरपालिकाले यस आर्थिक वर्षमा लिएको नीति तथा कार्यक्रम अनुसार घर घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने कार्यक्रमलाई अभियानकै रुपमा चलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।अहिलेको समयमा सेवाग्राही सेवा लिन कार्यालयमा धाउने भन्दा पनि सेवाप्रदायक संस्था वा कार्यालय जनताको घरदैलोमै गई सेवा प्रदान गर्नुपर्छ भन्ने मान्यताका साथ ब्यक्तिगत घटना दर्ता घर घरमै गई गर्ने अभियान संचालन गरेको मरासिनीले बताउनुभयो ।

नगरपालिकाबाट प्रदान गर्ने सेवाहरु मध्ये अहिले ब्यक्तिगत घटना दर्ताबाट सुरुवात गरिएको भन्दै अन्य सेवाहरुलाई पनि यसै गरी अभियानकै रुपमा संचालन गर्ने तयारी रहेको उहाँको दाबी छ ।यता नगरप्रमुख खिलध्वज पन्थीले जनतालाई सहज , सरल रुपमा सेवा प्रदान गर्नका लागि र स्थानीय सरकारको अनुभूती प्रदना गर्न आफूले घरमै गएर सेवा प्रदान गर्ने नीति लिएको दाबी गर्नुभयो ।

अहिलकोे अवस्थामा जनतालाई बिना झन्झट , सहज र सरल तरिकाले सेवा प्रदान गर्नु नै उत्तम हुने भएकाले अभियान चलाइएको र यस अभियानलाई निरन्तर जारी राख्ने पन्थीको भनाई छ ।

यस्तै नगरपालिकाले उच्च शिक्षा (प्लस टु) मा ३ः२ प्रतिशत भन्दा माथि ल्याई नगरभित्र अध्ययन गर्ने बिद्यार्थीलाई मासिक चार हजारको दरले प्रदान गर्ने निर्णय समेत गरेको छ । – खबर मार्केट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय