एक्लै चुनाव लड्ने धमास दिने ओली हार्ने भएपछि राजेन्द्र लिङ्देनको शरणमा

काठमाडौं – चुनावको मिति नजिकिएसँगै एमाले नेताहरूमा छटपटी बढेको छ, । पाँचदलीय गठबन्धन सिट बाँडफाँडमा लागेपछि एमाले नेताहरूमा छटपटी बढेको हो ।

त्यसैले अहिले उनीहरू स–साना दलसँग गठबन्धन गर्ने मनस्थितिमा पुगेका छन् । तर, विगतमा एमालेले देखाएको रवैयाका कारण कसैले विश्वास गर्न सकेका छैनन् ।हिजोसम्म एमाले अध्यक्ष केपी ओली एक्लै चुनाव लड्ने र दुई तिहाइ ल्याउने धमास दिन्थे । अलि पछि एमालेले बहुमतसम्म ल्याउने दाबी गर्थे । तर, अहिले शीर्ष नेताहरू नै असुरक्षित भएपछि एमाले अध्यक्ष ओली नै गठबन्धन गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

कतिसम्म भने वैचारिक–राजनीतिक रूपमा धेरै मत भए पनि एमालेले बाध्यात्मक गठबन्धनको विकल्पका रूपमा राप्रपासँग तालमेल गर्ने तयारी सुरु गरेको छ ।आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्ने विषयमा एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भएको छ । शुक्रबार साँझ बालकोटस्थित ओलीनिवासमा दुई अध्यक्षबीच करिब डेढ घन्टा छलफल भएको र सहकार्यका लागि दुवै सकारात्मक देखिएका छन् ।

एमालेसँग सहकार्य गर्ने विषयमा थप छलफल गर्न राप्रपाले सोमबार कार्यसम्पादनको बैठकसमेत बोलाइएको छ । एमालेले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सकिने भनेर विकल्प खुला गरिसकेको छ । एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले गत स्थानीय चुनावमा एमालेले राप्रपाबाट फुटेर बनेको कमल थापा नेतृत्वको राप्रपा नेपालसँग सहकार्य गरेको थियो ।

तर, केही स्थानमा भएको तालमेल प्रभावकारी नदेखिएपछि यसपटक ओली आफ्नै जिल्लावासी नेता लिङ्देन नेतृत्वको राप्रपातिर मोडिएका हुन् ।स्थानीय निर्वाचनको अंकगणितले झापामा ओली र लिङ्देन दुवैलाई सहकार्यविना चुनाव जित्न गाह्रो देखिएपछि उनीहरू वैकल्पिक गठबन्धनको गृहकार्यमा जुटेका हुन् ।०७४ को प्रतिनिधिसभा निर्वाचनमा ओली झापा क्षेत्र नम्बर ५ र लिङ्देन क्षेत्र नम्बर ३ बाट उठेका थिए । ओलीको निर्वाचन क्षेत्रमा राप्रापाको राम्रो पकड छ । उता लिङ्देनका क्षेत्रमा कांग्रेसका तर्फबाट कृष्ण सिटौला उम्मेदवार थिए ।

दुवैले सहज जित निकाल्न त्यतिवेला एक–अर्कालाई सघाएका थिए । तर, पछि राष्ट्रिय सभा चुनावमा एमालेलाई साथ नदिएको भन्दै ओली राप्रपासँग चिढिएका थिए । त्यही कारण स्थानीय निर्वाचनमा लिङ्देन छाडेर कमल थापासँग सहकार्य गर्न पुगेका थिए ।

त्यसपछि ओलीको निर्वाचन क्षेत्र पर्ने दमकमा राप्रपा सत्तागठबन्धनसँग मिलेको थियो । उता लिङ्देनको निर्वाचन क्षेत्रभित्र पर्ने कचनाकवल गाउँपालिकामा राप्रपाविरुद्ध एमाले–कांग्रेसको अनौठो समीकरण बनिदियो । परिणाममा दमकमा एमाले हा¥यो, कचनाकवलमा राप्रपा । गत मंगलबार राप्रपा महामन्त्री कुन्ती शाही, केन्द्रीय सदस्य रेखा थापालगायत पनि ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

राप्रपा नेतृ थापाका अनुसार त्यतिवेला पनि तालमेलका विषयमा लामै छलफल भएको थियो । शाही र थापाले अध्यक्ष ओलीलाई ठाउँविशेष तालमेलभन्दा पनि देशव्यापी गठबन्धन हुनुपर्नेमा जोड दिएका थिए ।

राप्रपा नेतृ थापाका अनुसार एकजनाको जितका लागि मात्रै गठबन्धन हुनुको खास औचित्य छैन । एमालेभित्र राप्रपासँग ठाउँविशेष तालमेल गनुपर्ने धारणा छ । राप्रपामा भने अध्यक्ष लिङ्देनलाई जिताउने हकमा मात्रै तालमेल गर्न नहुने मत धेरै छ । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय