ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ५ रंजितपुरमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय ३६ वर्षीय लल्लु माझी मुसर रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका मुसरको उपचारका क्रममा मलंगवा स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।बालुवा लोड भएको ना ५ त ९९७१ नम्बरको ट्याक्टर हिजो साँझ ६ बजे अनियन्त्रित भइ पल्टिएको थियो । दुर्घटना पश्चात फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।

यो पनि पढ्नुहोस्- काठमाडौं – पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओन निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदाै ५ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद भदाै १४ गतेसम्म लम्बिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय