मुग्लिन नजिकै त्रिशूलीमा ट्रक दुर्घटना

काठमाडौं । मुग्लिन नजिकै त्रिशूली नदीमा ट्रक खसेको छ ।इच्छाकामना गाउँपालिका-४ स्थित नाग्दी खोला भन्ने ठाउँबाट ट्रक त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ ।अहिले मुग्लिनबाट प्रहरी टोली घटना स्थल पुगेको छ ।ट्रक नदीमा डुबेकोले नम्बर खुलेको छैन । थप विवरण आउन बाँकी रहेको उनले बताए ।-  अनलाईखबरबाट

यो पनि पढ्नुहोस् – काठमाडौं । देशभर आज पनि मौसम आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्र र अन्य केही क्षेत्रमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशका थोरै ठाउँमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना भएका क्षेत्रमा बाढी र पहिरोको जोखिम रहेको छ ।

गण्डकी प्रदेशका थोरै र प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा शनिबार राति भारी वर्षाको सम्भावना छ । पहाडी क्षेत्र र प्रदेश नं १, बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा राति चट्याङसहित पानी पर्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय