जनै पूर्णिमा मनाउन मामा घर गएका गुल्मीका १४ बर्षीय बालकको डुबेर मृत्यु

गुल्मी । गुल्मीका एक बालकको पोखरीमा डुबेर गएराती मृत्यु भएको छ ।

जनैपूर्णिमा मनाउन पाल्पाको रैनादेवि छहरा गाउँपालिका-१ साउनेटोलस्थित मामा घरमा गएका गुल्मीको छत्रकोट गाउँपालिका-३ चोयगाका १४ बर्षीय मनोज रेश्मीको मृत्यु भएको हो । उनी हिजो साँझ मामाघर नजिकै रहेको डमराईपोखरमाी पौैडी खेल्न लागेको बेला डुबेर अचेत अवस्थामा फेला परेका थिए ।

उनलाई स्थानीय सर्देवा प्रहरी चौकीका प्रहरीले उद्धार गरि उपचारका लागि पाल्पा मिशन अस्पतालमा लगिएकोमा गएराती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी बीरेन्द्र थापाद्धारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।चोयगास्थित कृष्णबहादुर रेश्मीका छोरा साउन १८ गते मामाघर गएका उनि जनैपुर्णिमा मनाउन बसेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्  काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ५ हजार ५६५ जना होम आइसोलेसनमा रहेका छन् भने २१० जना संस्थागत आइसोलेसन र ६३ जना आईसीयूमा छन् । यस्तै ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार २२६ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय