मुसिकोटमा ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता अनलाइन मार्फत सेवा सुरु हुदै।
महेन्द्र घिमिरे, गुल्मी/नबखबर
मुसिकोट नगरपालिका गुल्मीमा पुष १ गते बाट ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता अनलाइन मार्फत सेवा सुरु हुने भएको छ ।
नेपाल सरकार गृह मन्त्रालय अनतर्गत राष्ट्रिय परिचयपत्र ‌तथा पन्जिकरण बिभागबाट सामाजिक सुरक्षा भत्ता तथा ब्यक्तिगत घटना दर्ता सुढृढिकरण आयोजना अनतर्गत मुसिकोट नगरपालिकामा पुष १ बाट औपचारिक रुपमा अनलाइन मार्फत सेबा सुरु गर्न लागिएको हो। यस अगाडी मुसिकोट नगरपालिका वडा न ७ बाट सेबा दिन सुरु गरेको थियो भने अब ८ वडा गरि नगरपालिका १-९ सम्म नै यो सेबा सुरु गर्न लागिएको छ।
नेपाल सरकार को डिजिटल नेपाल बनाउने अभियानमा मुसिकोट नगरपालिकाको यो कार्य थप इट्टाको रुपमा स्थापित हुनेछ। मुसिकोट नगरपालिका नगरकार्यपालिकाको २०७७/०८/२६ को कार्यपालिका बैठकले औपचारिक निर्णय गरे सङ्गै बिभागलाई जानकारी गराए सङ्गै बिधिबत रुपमा संचालन गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय