एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर । हेटौँडामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो ।मृत्युहुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । भोजपुरको साल्पा सिलिछो गाउँपालिकाले काठमाडौैंमा अस्थायी बसोबास गर्दै आएका नागरिकलाई सेवा दिन काठमाडौंमा शिविर गरेको छ ।

गाउँपालिका र वडाबाट दिने जन्मदर्ता, मृत्युदर्ता, सिफारिसलगायतका सबै सेवा शिविरबाट दिइएको छ । काठमाडौंको जोरपाटीमा राखिएको शिविरबाट काठमाडौंमा अस्थायी बसोबास गर्दै आएका साल्पा सिलिछोका नागरिक लाभान्वित भएका छन् ।

गाउँपालिका अध्यक्ष दौलथ कुलुङका अनुसार काठमाडौंमा अस्थायी बसोबास गर्ने बासिन्दालाई एउटा सिफारिसकै लागि भोजपुरसम्म जानुपर्ने समय र खर्च बचत गर्नको लागि शिविर सञ्चालन भएको हो । शिविर प्रत्येक वर्ष सञ्चालन गर्ने, थप माग आएमा वर्षको दुई पटकसम्म गर्ने योजना रहेको उनले बताए ।

‘हामीलाई निर्वाचनमा मत दिन काठमाडौैंबाट गाउँसम्म पुगेका मान्छेलाई एउटा सिफारिसकै लागि फेरि गाउँसम्म जाँदा कति तनाव होला ?’ कुलुङले भने, ‘रोजगारी, अध्ययन र अवसरको लागि काठमाडौं बसे पनि उहाँहरु हाम्रै जनता हो । उहाँहरुको सेवा गर्नु हाम्रो दायित्व हो ।’

आफूहरुको काम देखेर झापा, मोरङ, सुनसरी लगायत जिल्लाबाट काठमाडौंमा बसोबास गर्ने मानिसले पनि शिविर माग गर्न थालेका उनले बताए ।

कुलुङका अनुसार बुधबार र विहीबार विहान गरी १ सय ५० जनाले गाउँपालिबाट गर्नुपर्ने सिफारिस लिएका छन् । सिफारिस लिनेहरुमा मुख्यगरी जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, नाता प्रमाणित, विवाह प्रमाणित, सामाजिक सुरक्षा नवीकरण र नयाँ सेवा, बसाइसराइ लगायत रहेको कुलुङले बताए ।

शिविरको लागि गाउँपालिका सबै वडाध्यक्ष, गाउँपालिका अध्यक्ष र कर्मचारीहरु भोजपुरबाट काठमाडौं आएका थिए । कुलुङले जनप्रतिनिधि काठमाडौं बस्दा आफ्नै खर्चमा बसेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय