कोरोना संक्रमितको संख्या एक हजार नाघ्‍यो, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सख्‍या एक हजार नाघेको छ भने २ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०० जनाको परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यो पनि पढ्नुहोस ~ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न नसकिने बताएका छन् ।

वर्षौंदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणवद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको भन्दै उनले त्यसै क्रममा सिस्डोल-बञ्चरेडाँडा सडकखण्डको आलेटारमा अपरिचित समूहले फोहोर व्यस्थापनमा प्रयोग भएका टिपर र डोजर तोडफोड गरेको बताएक छन् ।

अपरिचित समूहले फोहोर बोकेका १४ वटा गाडी र सडक मर्मतमा प्रयोग भएका ३ वटा डोजर तोडफोड गरेको थियो ।

गाडी तोडफोडलाई फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा आफूहरुले लिएको भन्दै बालेनले लेखेका छन्, ‘कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । 

तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय