ओली चढेको हेलिकप्टर सिमरामा आकस्मिक अवतरण

एमाले अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

सोमबार दिउँसो पार्टी कार्यक्रमका लागि रौतहटको गौर जान उडेको ओली सवार हेलिकोप्टर खराब मौसमका कारण सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको हो । वर्षाका कारण हेलिकप्टर गौर जान नसकेर सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बुझिएको छ । हेलिकप्टरमा अध्यक्ष ओलीसहित उनका सहयोगी सवार थिए ।

मौसममा सुधार नभए ओली सिमराबाट सडकबाटै गौर जानेबारे छलफल भइरहेको स्थानीय नेताहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस् – पछिल्लो २४ घण्टामा देशभर थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही समयमा एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४७० जना कोरोना संक्रमण मुक्त भएका छन् भने हाल नेपालमा ५६८६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय