१९ वर्षीया सुत्केरीको उपचारको क्रममा मृत्यु

पाँचथर । पाँचथरको फिदिममा एक १९ वर्षीया सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । फिदिम नगरपालिका–६ सिवाकी १९ वर्षीया करिना फागो (तुम्रोक)को उपचारका क्रममा गए राति फिदिमस्थित गणेशमान सिंह सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।

शुक्रबार राति उक्त अस्पतालमा भर्ना भएकी तुम्रोकले शनिबार बिहान ८ बजे बच्चा जन्माइएकी थिइन् । सामान्य स्वास्थ्य अवस्था रहेकी उनको गए राति २ः३० बजे मृत्यु भएको हो । शनिबार दिनभर सामान्य अवस्थामा रहेकी तुम्रोकको राति रगतको मात्रा कम देखिएको उक्त अस्पतालले जनाएको छ ।
उनको शरीरमा रगत चढाएपछि रक्तचाप कम भई स्वास्थ्य अवस्था जटिल भएको र सुविधासम्पन्न अस्पतालमा सिफारिस गर्न लाग्दा मृत्यु भएको अस्पतालको भनाइ छ ।

गए राति उनको मृत्यु भए पनि आज साँझसम्म शव अस्पतालमै छ । उनका आफन्तले मृत्युको कारणबारे असन्तुष्टि जनाएपछि जिल्ला प्रशासन कार्यालयमा दिनभर छलफल चलेको छ ।

तुम्रोक गत असार २८ गते स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल गएको तथा परीक्षणपछि चिकित्सकले बच्चा सानो भएकाले सुत्केरी गराउन सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको जिल्ला अस्पतालले जनाएको छ ।यो पनि पढ्नुहोस – स्कुम : रुकुम पश्चिममा अरिँगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–१ का ४० वर्षीय सुवर्ण सुनारको मृत्यु भएको हो।

३ दिनअगाडि अरिँगालले टोकेका सुनारको आज आइतबार उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको हो। साथीहरूसँग सल्यानको बाफुखोलामा अरिँगाल झार्न गएका सुनारलाई अरिँगालले टोकेको थियो।

३ दिनसम्म स्थानीय निजी स्वास्थ्य संस्थामा उपचार गरेको र निको नभएपछि थप उपचारका लागि आइतबार नेपालगञ्ज लैजाँदै गर्दा सुनारको सल्यानको श्रीनगरमा मृत्यु भएको गाउँ खेलकुद विकास समिति त्रिवेणीका अध्यक्ष जनककुमार विश्वकर्माले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय