अरिँगालको टोकाइबाट ४० वर्षीय पुरुषको मृत्यु

स्कुम : रुकुम पश्चिममा अरिँगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–१ का ४० वर्षीय सुवर्ण सुनारको मृत्यु भएको हो।

३ दिनअगाडि अरिँगालले टोकेका सुनारको आज आइतबार उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको हो। साथीहरूसँग सल्यानको बाफुखोलामा अरिँगाल झार्न गएका सुनारलाई अरिँगालले टोकेको थियो।

३ दिनसम्म स्थानीय निजी स्वास्थ्य संस्थामा उपचार गरेको र निको नभएपछि थप उपचारका लागि आइतबार नेपालगञ्ज लैजाँदै गर्दा सुनारको सल्यानको श्रीनगरमा मृत्यु भएको गाउँ खेलकुद विकास समिति त्रिवेणीका अध्यक्ष जनककुमार विश्वकर्माले जानकारी दिए।

यो पनि पढ्नुहोस् – साउन २२ ,२०७९ गुल्मीः गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

आइतबार बिहान जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर १० सिमिचौरमा लु २ ख १८६६ नम्वरको ट्रक दुर्घटना हुँदा चालक गुल्मीदरबार गाउँपालिकाका अन्दाजी ३५ वर्षका रनबहादुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । खाली ट्रक सिमीचौरको राङबासबाट बुटवल तर्फ जाँदै गरेको थियो ।

ट्रक करिव सडक देखी दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय