जंगली च्याउ खाँदा बालिकाको मृत्यु

सल्यान : सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका ४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

जंगली च्याउ खाँदा बिरामी परेका एकै घरका ४ मध्ये ती बालिकाको प्रदेशिक अस्पताल सुर्खेतमा शनिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

शुक्रबार जंगली च्याउ खाँदा शारदा नगरपालिका ४ साइलाकम्दकी ४० वर्षीया मीना बस्नेत, छोरी २५ वर्षीया पवित्रा बस्नेत, ९ वर्षीय छोरा जोन बस्नेत र छोरी ४ वर्षीया जोशना बस्नेत बिरामी परेका थिए।

जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा शनिबार विहान रिफर गरिएको थियो। उनका अनुसार जिल्ला अस्पतालबाट रिफर गरिएका बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीका एकै घरका ४८ वर्षीय भूपबहादुर ओली, उनका ४५ वर्षीया श्रीमती मनकली ओली २३ वर्षीय छोरा प्रकाश ओली र बुहारी २१ वर्षीय सुशीला ओली र शारदा नगरपालिका ४ साइलाकम्दीका ४ गरी ८ जना बिरामी भएका थिए।

जसमध्ये ५ जनाको प्रादेशिक अस्पताल सुर्खेत कालागाउँ अस्पतालमा उपचार भइरहेको छ भने बाँकी दुई जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको खनालको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय