धौलागिरी लघुवित्तको आइपीओ साउन २४ देखि बिक्री खुल्ने

काठमाडौं – धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५% अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ

यो पनि पढ्नुहोस् – काठमाडौं । बैंकले भदौं सम्मका लागि पनि ब्याजदर स्थिर हुने भएको छ । नेपाल बैकर्स संघले तत्कालै ब्याजदर नबढाउने भद्र सहमती गरेका छन । आज बसेको संघको बैठकले त्यस्तो सहमती गरेको हो ।

नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु परिवर्तन गरेपछि ब्याजदर परिवर्तन गर्न सक्ने व्यवस्था गरेको थियो । तर भदौ महिना सम्मको लागि ब्याजदर नबढाउने सहमती भएको हो ।

राष्ट्र बैंकले बैंकदरलाई ७ प्रतिशतबाट बढाएर साढे ८ प्रतिशत बनाएको छ । यस्तै एकीकृत निर्देशिकामा संस्थागत तर्फ मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतभन्दा २ प्रतिशत बिन्दुले कम हुनुपर्ने निर्देशन दिएको हो ।

साउन महिनाको लागि ब्याजदर यथावत राख्ने भदौ महिनामा के गर्ने विषयमा साउनको अन्तिममा निर्णय लिने सहमति संघको बैठकमा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय