काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगातार दुईपटक प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन्।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको छ।

यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधसभा निर्वाचन भएको थियो। उक्त निर्वाचन पनि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको थियो। संविधानसभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि नयाँ संविधानअनुसार २०७४ मंसिरमा एकसाथ प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको थियो।

त्यसपछि आगामी मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न लागिएको हो। प्रधानमन्त्री देउवाले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराउने छन्।

नेपालको इतिहासमा सबैभन्दा बढी आमनिर्वाचन गराउनेमा कांग्रेसका प्रधानमन्त्री छन् । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले आमनिर्वाचन गराएका छन् । गिरिजाप्रसादले २०५१, ०५६ र ०६४ सालमा संविधानसभाको निर्वाचन गराएर कीर्तिमान राखेका छन् । तर आजसम्म एउटा पनि कम्युनिस्ट प्रधानमन्त्रीले आमनिर्वाचन गराएका छैनन् ।

सेयर गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here