मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत भुषालको बिदाई

सागर भण्डारी,गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत (उपसचिव) खिमानन्द भुषालको सरुवा भएको छ । २२ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत ढकालको कपिलवस्तुको वाणगगां नगरपालिकामा सरुवा भएको हो ।

प्रमुख प्रशासकिय अधिकृत भुषाललाई एक कार्यक्रमकाबीच मुसिकोट नगरपालिकाले विदाई गरेको छ । नगरपालिकाले आयोजना गरेको बिदाई कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी,नगरपालिकामा रहेका विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि र विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रमुख प्रशाशकीय प्रमुख भुषाललाई मुसिकोट नगरपालिकाको तर्फबाट नगरप्रमुख जीवन खरेल,उपप्रमुख गगां श्रेष्ठ तथा कर्मचारी र उपस्थिति अतिथिहरुले मायाको चिनो तथा खादा र दोसल्ला ओढाएर सम्मानसगैं आगामी यात्रा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै वडा नं १ का वडाध्यक्ष मोहन घिमिरेले प्रमुख प्रशाशकीय अधिकृत भुषालको आगामनसगैं मुसिकोटमा सुशासन र विकास तथा अन्य विविध आयामहरुमा उल्लेख्य सुधार भएको भन्दै मुसिकोटले सधै स्मरण गर्ने बताउनुभएको थियो ।

त्यस्तै पूर्व जनप्रतिनिधि नारायण सापकोटाले आफुले भुषालसगं १९ महिनाको यात्रामा उल्लेख्य विषयहरु बुझ्ने र सिक्ने अवसर पाएको बताउनुभयो । उहाँले प्रमुख प्रशाशकीय अधिकृत भुषालको कार्यकाल मुसिकोटले सदैव स्मरण गर्ने बताउँदै अन्य कर्मचारीहरुले पनि उहाँको कर्तव्यनिष्ठ,बफादारीता,ईमान्दारीता र एक असल कर्मचारीमा हुनुपर्ने गुणहरुको सिको गर्नुपर्ने बताउनुभयो ।

बिदाई कार्यक्रममा बोल्दै प्रमुख प्रशाशकीय अधिकृत भुषालले आफुले मुसिकोटमा रहँदा पालिकाको प्रशासनीक क्षेत्र सुधारका साथै विकास, शिक्षा, स्वास्थ्य, सड्क लगायतका क्षेत्रमा सुधारका लागि प्रत्यत्नशिल रहेको बताउनुभयो । भुषालले मुसिकोट आफ्ना लागी पनि निकै स्मरणीय रहने भन्दै यस ठाउँको सम्झना सधै रहने बताउनुभयो । साथै उहाँले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूणर्लाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख जीवन खरेलले कर्मचारीतन्त्रमा भुषाल एक ईतिहास रहेको बताउनुभयो । उहाँले देशभर यस्तै कर्तव्यनिष्ठ कर्मचारी भएमा देश विकास हुन समय नलाग्ने भन्दै समयचक्रले अन्य पालिकामा गएपनि मुसिकोटले सदैव उहाँको सुझाव सल्लाह ग्रहण गर्ने बताउनुभयो ।

अधिकृत भुषालले आफ्नो २२ महिने कार्यकालमा उत्कृष्ठ छवि बनाउन सफल हुनुभएको थियो । सुशासनका पर्याय भुषालले मुसिकोटको बेरुजु रकम उल्लेख्य भएको बेला कार्यकाल सम्हाल्नुभएको थियो । उहाँले आफ्नो कार्यकाललाई बेरुजु सम्परिक्षण मार्फत निकै कम बेरुजु हुने पालिकामा पुर्याउनुभएको थियो । त्यस्तै प्रशासन र विकास तथा अन्य नगरपालिकाको सुधारमा उहाँले उल्लेख्य योगदान दिनुभएको छ ।

मुसिकोट नगरपालिकामा नयाँ प्रमुख प्रशाशकीय अधिकृतको रुपमा नवलपरासीको रामग्राम नगरपालिकाबाट सरुवा भई राकेश पाण्डे आउँदै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय