प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तय

5काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

यो पनि पढ्नुहोस् – १९ साउन, काठमाडौं । निर्वाचन आयोगले सरकारले घोषणा गरेको ४ मंसिरको मितिमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न तयार रहेको बताएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अनलाइनखबरसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको समयमा स्वच्छ,निष्पक्ष, विश्वसनीय ढंगले निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताए ।

उनले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित गरेर चुनावको तयारीमा लाग्ने बताए । ‘हामीले मतदाता नामावलीको दर्ता प्रक्रिया भोलिदेखि नै स्थगन गरेर दर्ता भइसकेका मतदाताहरुको नामावली ६ हजार ७ सय ५३ वटा वडा कार्यालयहरुमा सार्वजनिक गरेर अद्यावधिक गर्ने प्रक्रिया सुरु हुन्छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने,‘स्थानीय तह निर्वाचनमा भएका कमी कमजोरी पनि हामीले यसपालि सच्याएर जान्छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय