कांग्रेसलाई लाग्यो झड्का: फेरि हुनेभयो एमाले र माओवादीको एकता !

काठमाडौं – नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी ओलीले विगतका गल्ती स्वीकार गरे चुनावी तालमेल वा फेरि पार्टी एकता हुनसक्ने बताएका छन् ।

विगतमा एमालेले वामपन्थी रुझान देखाएकाले एकता भएको र दक्षिणपन्थी रुझान देखिएपछि अलग भएको भन्दै उनले गल्तीको महसुस गरे एकताको ढोका खुल्ने बताए । सहकार्यका लागि प्रतिनिधिसभा विघटनका विषयमा एमालेले गल्ती स्वीकार गर्नुपर्ने सर्त पुनले अघि सारे ।

‘एमाले अध्यक्ष र मुल नेतृत्वले हिजोका गल्तीहरूको महसुस गर्यो भने विस्तारै मोर्चाबन्दी हुन्छ, गठबन्धन हुन्छ’, कार्यक्रम टफ टकका लागि पत्रकार दिलभुषण पाठकसँग कुरा गर्दै पुनले भने, ‘गल्तीको महसुस गर्ने बित्तिकै रातारात पार्टी एकता त नहोला, तर सहकार्यको ढोका खुल्छ ।’

पुनले एमाले नेताहरुसँग आफूहरुको संवाद भइरहेको समेत खुलासा गरे । दीर्घकालीन रुपमै काँग्रेससँग सहकार्यको नीतिमा आफूहरु नरहेको स्पष्ट गर्दै उनले वामपन्थी र विचार मिल्ने शक्तिहरूसँग सहकार्य र एकताको प्रक्रियामा अघि बढ्ने बताए ।

‘हिजो हामीले एउटै पार्टी बनायौं । पहिलो अध्यक्ष र प्रधानमन्त्री ओलीजी हुनुहुन्थ्यो । उहाँले पार्टी र सरकारलाई ठीक ढंगले ड्राइभ गर्न सक्नुभएन । न सरकारको पर्फमेन्स राम्रो भयो । ६ वटा प्रदेशमा एब्सुलेट बहुमत थियो । संघमा दुई तिहाइको सरकार थियो । विकासको जग, सुशासनको जग बसाल्नुपर्ने थियो, त्यो भएन ।

पार्टी पनि पारदर्शी ढंगले सामूहिकताका आधारमा चलाउनुपर्नेमा त्यो भएन’, उनले भने, ‘फेरि यी कुराहरु करेक्सन भयो भने एकता पनि हुन्छ, तालमेल पनि हुन्छ गठबन्धन पनि हुन्छ । कुनै आश्चर्यको कुरा होइन । म वामपन्थीहरु मिल्नुपर्छ भन्नेमा हो ।’

पुनले संविधान र व्यवस्था बचाउन काँग्रेससँग गठबन्धन गरेको चर्चा गर्दै तत्काल गठबन्धन टुटाउन नखोजेको स्पष्ट गरे । आफू ओली प्रधानमन्त्री हुँदा मन्त्रीका रुपमा रहेको र संसद विघटन गरेकै दिन राजीनामा दिएको स्मरण गरे ।

मन्त्री पद नै छाडेर काँग्रेससँगको गठबन्धन निर्माणमा भूमिका खेलेकाले वर्तमान सत्ता गठबन्धनसँग आफ्नो लगाव रहेको उल्लेख गरे । यद्यपि काँग्रेस एक्लै चुनावमा जाँदा यसअघिको २३ सिटबाट खुम्चिने उनले बताए ।

अघिल्लो निर्वाचनबाट माओवादी प्रत्यक्षतर्फ ३७ सिटसहित दोश्रो दल बनेको कुरालाई काँग्रेसले हेक्का राख्नुपर्ने उल्लेख गरे । माओवादीसँग नमिले २३ सिटबाट तल झर्ने यथार्थलाई बुझ्न काँग्रेस नेतृत्वलाई चेतावनी दिए । ‘हाम्रो ३७ सिट थियो ।

अहिले केही बढ्छ, काँग्रेस २३ सिटमा थियो अहिले बढ्छ’, उनले भने, ‘फेरि वाम शक्ति मिल्दा काँग्रेस ५ वा ७ सिटमा जान्छ । काँग्रेस र वाम–लोकतान्त्रिक शक्ति मिल्दा एमाले ९ सिटमा झर्छ, यो सबैले भनिराखेको कुरा हो ।’

नेपालमा परम्परागत शक्तिको नेतृत्व काँग्रेसले र प्रगतिशिल वामपन्थी शक्तिको नेतृत्व माओवादी केन्द्रले गर्ने भन्दै उनले तत्काल एमालेसँग सम्भावना नभए माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, बाबुराम भट्टराई, वामदेव गौतम र उपेन्द्र यादवसम्म एउटै मोर्चामा सहभागी भएर निर्वाचनमा जाने सम्भावना रहेको औंल्याए ।

वाम–लोकतान्त्रिक गठबन्धन काँग्रेस–एमाले हाराहारीको शक्ति बन्ने र मुलुकको राजनीतिमा त्रिपक्षीय शक्ति सन्तुलन देखा पर्ने दाबी उनको थियो ।

देशमा काँग्रेसले परम्परावादी शक्ति र आफूहरुले प्रगतिशील वामपन्थी शक्तिको अगुवाई गरिरहेको भन्दै पुनले एमाले कहिले वामजस्तो र कहिले परम्परावादी शक्ति जस्तो देखिँदै आएको टिप्पणी गरे । ‘एमाले संक्रमणमा छ, उसले आफ्नो पोजिसन स्पष्ट गर्नुपर्छ । पोजिसन स्पष्ट गर्दै जाँदा वाम–समाजवादी गठबन्धनमा पनि आउन सक्छ’, उनले भ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय