बडिगाडमा पहिरोले एक घर पुरियो

बडिगाड । बागलुङको बडिगाड गाउँपालिकामा पहिरोले एक घर पुरिएको छ ।

लगातारको वर्षासगैं घर माथिबाट पहिरो जाँदा बडिगाड गाउँपालिका वडा नं ८ फोर्सा नयाँबन स्थित डिल प्रसाद घर्तीको घर पहिरोले पुरिएको हो । बुधबार दिउँसो घर भत्किँदा घरमा रहेका नगद तथा जिन्सी सामानहरु पुरिएको स्थानीय हिमाल घर्ती मगरले जानकारी दिए ।पहिरोबाट मानवीय क्षति नभएपनि घर पूर्ण रुपमा क्षति पुगेको बताईएको छ ।

यो पनि पढ्नुहोस् – राजविराज । सप्तरीमा बुधबार राति करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप-६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा-बुहारी हुन् ।

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए ।

यस्तै सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय