करेन्ट लागेर ससुरा-बुहारीसहित ३ जनाको मृत्यु

राजविराज । सप्तरीमा बुधबार राति करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप-६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा-बुहारी हुन् ।

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए ।

यस्तै सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।

यो पनि पढ्नुहोस् – काठमाडौं । नेपाली श्रमिक जापान पठाउने सम्बन्धी समझदारी कार्यान्वयनका लागि गठित दुई देशको संयुक्त कार्यसमितिको दोस्रो बैठक आज बस्दै छ । नेपाल र जापानका सरकारी अधिकारी सम्मिलित समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो ।

नेपाल र जापानबीच सन् २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै नेपाली कामदार जापान लैजान सहकार्य गर्ने समझदारी भएको थियो । सो समझदारीको समीक्षा र कार्यान्वयनबारे आजको बैठकमा छलफल गर्ने श्रम मन्त्रालयका उपसचिव एवम् संयुक्त कार्यसमितिका सदस्य सचिव थानेश्वर भुसालले जानकारी दिए ।

संयन्त्रको पहिलो बैठक गत नोभेम्बर महिनामा भर्चुअल माध्यमबाट बसेको थियो । दोस्रो बैठकका लागि जापानको श्रम मन्त्रालयका सहसचिवस्तरको कर्मचारी नेतृत्वको टोली काठमाडौं आएको छ । यसैगरी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव राजु पोखरेलले गरेका छन् ।

नेपाल–जापानबीच भएको समझदारी अनुसार प्रशिक्षार्थी र विशेषज्ञ नेपाली कामदारहरु जापान पठाइने छ । जापान जानका लागि साढे ५ हजार जना नेपालीहरु भाषा परीक्षा पास गरेर बसेका छन् । ‘भाषा परीक्षा पास गरेकाहरुलाई जतिसक्दो छिटो जापान पठाउने विषयमा आजको बैठकमा छलफल हुन्छ,’ सदस्य सचिव भुसालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय