ट्रकको ठक्करपछि मोटरसाइकलमा आगलागी हुँदा चालकको मृत्यु

पोखरा । पोखरा–हेमजा सडकखण्डमा आइतबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।पोखराबाट हेमजातर्फ जाँदै गरेको ग१७ प १९७० नम्बरको मोटरसाइकललाई ग१क ५१५२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिनेबित्तिकै मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

‘ट्रकले ठक्कर दिने बित्तिकै मोटरसाइकलमा आगलागी भएको र प्रहरी टोली खटिएर उपचारका लागि मणिपाल शिक्षण अस्प्ताल पुर्‍याइएको थियो तर डाक्टरले मृत घोषणा गरिदिए,’ कास्की प्रहरी निमित्त प्रमुख सुन्दर तिवारीले भने ।मृत्यु हुने मोटरसाइकल चालक माछापुच्छ्रे गाउँपालिका लाहाचोकका २७ वर्षीय नवराज नेपाली हुन् । ठक्करबाट भन्दा पनि ठक्करपछि मोटरसाइकलमा भएको आगलागीका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको उनले बताए ।

मोटरसाइकलमा आगलागी भएपछि निभाउने प्रयास गर्दा ठक्कर दिने ट्रक ड्राइभर पनि घाइते भएका छन् । आगो निभाउने लागि परेका ट्रकमा सवार क्षेत्रबहादुर कुँवर पनि घाइते भएका छन् । ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।

यो पनि पढ्नुहोस् – १६ साउन, काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ डाक्लाङमा सडक भासिएपछि आउ–जाउ बन्द भएको छ । आज बिहान करिब सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको हो ।सडक मर्मत गरेर यातायातका साधन सन्चालन गर्न सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । यसैगरी कास्कीको हेमजादेखि लाहाचोक, घाचोक लगायतका स्थानमा पहिरो खसेका कारण सवारी आवागमन प्रभावित भएको छ ।

यसैगरी पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका ४ मा आज बिहान २ बजे खसेको पहिरो आज बिहान पन्छाइएको छ । पहिरो पन्छाइएसँगै सवारी साधन एक लेनमा आलोपालो चल्न थालेका छन् । पहिरो पूर्णरुपमा हटाएर सवारी साधन दुईतर्फी सञ्चलन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ नौनीबगरमा खसेको पहिरोका कारण बेनी–जोमसोम सडक पनि अवरुद्ध भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय