पहिरोले घर पुरिँदा एकको मृत्यु, २ घाइते

कास्की । पोखरा महानगरपालिका-६ मा पहिरोले घर पुरिँदा एकको मृत्यु भएको छ । महानगरपालिका-६ डिहिकोपाटनमा पहिरोले घर पुरिएको हो । उक्त घटनामा दुई जना घाइते भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार राति १ बजेतिर पहिरो झरेको थियो । उक्त पहिरोले लक्ष्मी खड्काको घर पुरिएको र सोही घरमा डेरा गरी बस्ने २६ वर्षीय सन्तोष सुनारको मृत्यु प्रहरीको भनाइ छ । पहिरोले पुरिएका सुनारको राति नै उद्धार गरि पश्चिम क्षेत्रीय अस्पता लगिएको तर अस्पतालले उनलाई करिब साढे २ बजेतिर मृ’त घोषणा गरेको थियो ।

सुनार कास्कीकीकै माछापुच्छ्रे गाउँपालिका वडा नं.१ भुर्जुङखोला तातोपानी स्थायी बासिन्दा भएको प्रहरीले उल्लेख गरेको छ । अन्य घाइते हुनेहरुमा सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार र उनकी १० वर्षीया छोरी सिम्रन सुनार रहेका छन् ।

उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पहिरोको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीले उद्धारको कार्य थालेको थियो । उद्धारका लागि सशस्त्र प्रहरी बल कालिका गणका सशस्त्रको टोली पनि घटना स्थल पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय