गुल्मीको एक पालिकाको अनौठो कार्यक्रम : छोरी जन्मे खातामा ५ हजार

गिता पाण्डे,गुल्मी : जिल्लाको कालीगण्डकी गाउँपालिकाले ५६ जना छोरीहरुको खातामा पाँच हजार रुपैयाँका दरले अनुदान स्वरुप प्रदान गरेको छ ।

छोरी जन्मे पाँच हजार प्रदान गर्ने गत आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार गाउँपालिका भित्र ५६ जना छोरीहरु जन्मेकाले उनीहरुको बैंक खाता खोली पाँच हजारका दरले खातामा जम्मा गरिदिएको स्वास्थ्य संयोजक चन्द्रबहादुर रानाले जानकारी दिए ।

छोरीहरुको जन्मदर्ता र सम्वन्धित वडाको सिफारिसका आधारमा सिधै बैंक खातामा रकम जम्मा गरिदिएको रानाले बताए । छोरीको सुनौलो भबिष्यका लागि गाउँपालिकाले ५६ जना छोरीहरुको खातामा पाँच हजारका दरले जम्मा गरिदिएको उपाध्यक्ष मञ्जु दर्लामीले बताइन् ।

अझै पनि समाजमा छोरी भन्दा छोरालाई महत्व दिने र कतिपयले छोरी छ भन्ने थाहा भएपछि फाल्ने चलन भएकाले त्यसको अन्त्यका लागि यस्तो कार्यक्रम ल्याइएको दर्लामीले दाबी गरिन् । उक्त कार्यक्रमले छोरीहरुलाई अपहेलना गर्ने प्रचलनको अन्त्य र पोषणमा पनि केही सहजता आउने भएकाले यो कार्यक्रम प्रभावकारी भएको गाउँपालिकाले दाबी गरेको छ ।

कुनै परिवारहरुमा आर्थिक अवस्था कमजोर भए सु त्केरी खर्च पनि हुने भएकाले उक्त रकम बाबु आमाले बैंकबाट निकाल्न सक्ने गरी सहजता बनाइएको स्वास्थ्य शाखाले जनाएको छ । यस कार्यक्रमले छोरीको सुनौलो भबिष्य निर्माण गर्नमा सहयोग पुग्ने गाउँपालिकाले बिश्वास लिएको छ ।

५६ जना छोरीहरुको खातामा पाँच हजारका दरले दुई लाख ८० हजार रुपियाँ अनुदान स्वरुप प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए ।

चालु आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिदैँ जाने र सो कार्यकम्रका लागि ५ लाख रुपियाँ बजेटको ब्यबस्था गरेको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए । खबर मार्केटबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय