कांग्रेसलाई प्रचण्डको फेरि अर्को धम्की !

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नेपाली कांग्रेसलाई अर्को धम्की दिएका छन् ।

अहिलेसम्म कांग्रेसको बुई चढेर राजनीतिक सफलता पाउँदै आएका प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई दोस्रो ठूलो पार्टी नबनाए ठीक नहुने धम्की दिएका हुन् । आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने तयारी गरेका प्रचण्डले आफू लास्ट इनिङ्स खेल्न इच्छुक रहेको भन्दै कांग्रेसमाथि प्रेसर बनाइरहेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनका आधारमा मत आए माओवादीले देशभरबाट जम्मा आठ सिट मात्र प्रतिनिधिसभामा जित्न सक्छ ।

स्थानीय तहको निर्वाचले कांग्रेस पहिलो र एमाले दोस्रो ठूलो पार्टी बनेका छन् । एमालेभन्दा कांग्रेस एक लाख ४४ हजार मतले मात्र पछाडि छ । जबकि माओवादीले जम्मा १५ लाख मत पाएको छ ।

आफ्नै बलबुत्ताले देशभर १० सिट पनि जित्न सक्ने सामथ्र्य नराख्ने माओवादीका अध्यक्ष प्रचण्डको दोस्रो ठूलो पार्टी बनाइदिनुपर्ने धम्कीले कांग्रेस कार्यकर्ता र मतदाता रुष्ट बनेका छन् ।

यही ढंगले प्रचण्ड अघि बढिरहे उनी देशका जुनसुकै निर्वाचन क्षेत्रबाट उठे पनि पराजित हुने निश्चित छ । शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै प्रचण्डले देशमा अब माओवादी नाम भएको माओवादी केन्द्र मात्र बाँकी रहेको बताए ।

‘यो चुनावमाबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरुको काम छैन भन्ने स्पष्ट भयो,’ उनले भने, ‘किरण माओवादी काम छैन, विप्लव माओवादीको पनि अब अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, तिनको त हिसाबै भएन । १० वर्षपछि आएर देशमा एउटा मात्रै माओवादी छ र यसको एउटै नेतृत्व प्रचण्ड मात्रै छ भन्ने पुष्टि भएको छ ।’

प्रचण्डले स्थानीय तहमा झण्डै १७५ आसपास सिट पाउने सम्भावना चुनावी तालमेलको तिक्तताको कारण पूरा हुन नसकेको दाबी पनि गरे । ‘१२२ पुग्यौं । ५० सिट गुमायौं,’ उनले भने, ‘२० सिट आए पनि तेस्रो हुन्थ्यौं तर त्यो निर्णायक हुँदैनथ्यो ।

अहिले हामी निर्णायक तेस्रो शक्ति छौं ।’ उनले एकपटक पुनः देशको बागडोर माओवादीका हातमा ल्याएर सुशासन र विकासको उदाहरण पेस गर्ने आफ्नो धोको रहेको बताए । जबकि उनले सरकार चलाएका बेला देशका सबै सरकारी संगठनको हुर्मत लिइएको थियो । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय