अर्थमन्त्रीमा शर्माको कमब्याक,आजै सपथ गराउने तयारी

काठमाण्डौ । विवादपछि राजिनामा दिएका पूर्व अर्थमन्त्री जर्नादन शर्मा फेरी अर्थमन्त्रालय फर्किने सम्भावना बलियो बनेको छ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ जानकारी दिएको छ ।

पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन्। प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिनेछन्।

आर्थिक वर्ष २०७९्०८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए।

समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको हो। अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिको निष्कर्ष छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले भने फरक मत बुझाएका छन्। समितिले बहुमतका आधारमा प्रतिवेदन बुझाएको हो।

यो पनि पढ्नुहोस् – काठमाडौं–युवा तथा साना व्यवसायी स्वरोजगार कोषले तोकिएको समयमा कर्जा तिर्ने व्यवसायीलाई व्याज अनुदान वितरण गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २मा रहेका काभ्रेस्थली कृषि सहकारी संस्था लिमिटेड र युवक कृषि सहकारीका सदस्यलाई कोषले ५ लाख ३ हजार रुपैयाँ व्याज अनुदान फिर्ता गरेको हो ।

ती दुई सहकारीले स्वरोजगार कोषबाट कर्जा लगेर आफ्ना सदस्यलाई लगानी गरेका थिए । एक कार्यक्रमकाबीच युवा तथा साना व्यवसायी स्वरोजगार कोषका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले समयमा कर्जा तिर्ने असल व्यवसायीलाई ६० प्रतिशत व्याज अनुदान वितरण गरेका हुन् ।

अधिकारीले समयमा कर्जा तिर्ने व्यवसायीलाई थप लगानी गरेर उद्यमशील बनाउने बताए । कोषले सहकारीलाई कर्जा दिए पछि सहकारीले आफ्ना सदस्यलाई लगानी गरेका छन् । कोषले कर्जासहित आवश्यक सीप पनि सिकाउँदै आएको छ ।

कोषले काभ्रेस्थली कृषि सहकारीलाई ५० लाख रुपैयाँ लगानी गरेको थियो । कोष सहकारीमार्फत लगानी गर्न थप ८० लाख स्वीकृत गरेको जनाएको छ । काभ्रेस्थली कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामसुधन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नम्बर २का वडा सदस्य किशोर भण्डारीले मन्तव्य राखेका थिए ।

व्यवस्थापक सर्मिला घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन स्वरोजगार कोषका सहजकर्ता प्रकाश फुयाँलले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय