गुल्मीकी दुर्गा १ हप्तादेखि बेपत्ता

गुल्मी : गुल्मीकी दुर्गा विश्वकर्मा एक हप्तादेखि सम्पर्क बिहीन भएकी छिन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका घर भई हाल परिवार सहित अर्घाखाँचीमा बस्दै आएकी २७ वर्षीय उनी श्रावण ९ गतेदेखि बेपत्ता भएकी हुन् ।

श्रीमानसगंको सामान्य विवाद पछि राति एक्कासी घरबाट निस्किएकी उनी अहिलेसम्म परिवारको सम्पर्कमा आएकी छैनन् । श्रीमानसगैं अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं ५ बुढाधि बस्दै आएकी दुर्गा हराएसगैं परिवार चिन्तामा परेको उनकी दिदी प्रिति राना मगरले जानकारी दिईन् ।

उनी घर नआएपछि ९ वर्षीय छोरा र ६ वर्षीय छोरीको बिचल्ली भएको छ । उनको परिवारले छरछिमेक आफन्त जताततै खोज्दा पनि फेला नपारेपछि खोजिका लागि सहयोग गर्न सबैसगं अनुरोध गरेका छन् ।

श्रीमान सुरेश विश्वकर्माले श्रीमतीको खोजी गर्न प्रहरीमा निवेदन समेत दिएका छन् । तर कही कतैबाट पनि फेला पार्न नसकिएको उनको भनाई छ ।

आमा बेपत्ता भएदेखि छोरी बिरामी परेको सुरेशले बताए । कहीँकतै देख्ने महानुभावले श्रीमान सुरेशको सम्पर्क नं ९८४७३६१९९६ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले आग्रह समेत गरेको छ ।- बडिगाड अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय