मलामी जाँदा बडिगाड खोलामा खसेर वेपत्ता पुरुषको शव फेला

गुल्मी । शनिवार बडिगाड खोलामा बेपत्ता गुल्मीका पुरुषको शव फेला परेको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वार्ड न ४ का ६० वर्षीय तुलबहादुर अधिकारी मलामी गएको बेला चिप्लिएर बडिगाड खोलामा खसेर वेपत्ता भएका थिए । शनिवार प्रहरी र स्थानीयले बडिगाड खोला किनारामा खोज्दा पनि फेला पार्न सकेका थिएनन् । आईतबार विहानै देखि खोजि कार्यमा जुटेका प्रहरी र स्थानीयले उनको शव चन्द्रकोट गाउँपालिका र गुल्मीदरबार गाउँपालिका जोड्ने झोलुङ्गे पुल अर्थात चिउरेनी चिर नजिकै बडिगाड खोलामा फेला पारेका हुन् ।- बडिगाड अनलाईन

यो पनि पढ्नुहो् – गुल्मी । गुल्मी जिल्लाको छल्दी खोलामा एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर-५ गानटारी छल्दी खोलाको किनारमा इस्मा गाउँपालिका वडानम्बर-६ बस्ने ३८ वर्षहरुको टीकाबहादुर कुमालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।

घटनास्थल सुरक्षित राखेको थप अनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा टोली खटिएको छ । त्यस्तै बडिगार्ड खोलामा एक जना पुरुष बेपत्ता भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-४ आरुपाटा निवासी अन्दाजी ६० वर्षका तुलबहादुर अधिकारी बडिगार्ड खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए । अधिकारी बडिगार्ड खोलामा मलामी जान दाउरा बोकेर जानेक्रममा बाटोबाट चिप्लिएर बडिगार्ड खोलामाखसी बेपत्ता भएको प्रहरीले जनाएको छ ।बेपत्ता अधिकारीलाई खोज्न प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीको कमाण्डमा टोली खटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय