गुल्मीमा खोलाको किनारमा एक पुरुषको शव फेला

गुल्मी । गुल्मी जिल्लाको छल्दी खोलामा एक जना पुरुषको शव फेला परेको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर-५ गानटारी छल्दी खोलाको किनारमा इस्मा गाउँपालिका वडानम्बर-६ बस्ने ३८ वर्षहरुको टीकाबहादुर कुमालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए । घटनास्थल सुरक्षित राखेको थप अनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा टोली खटिएको छ । त्यस्तै बडिगार्ड खोलामा एक जना पुरुष बेपत्ता भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-४ आरुपाटा निवासी अन्दाजी ६० वर्षका तुलबहादुर अधिकारी बडिगार्ड खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए । अधिकारी बडिगार्ड खोलामा मलामी जान दाउरा बोकेर जानेक्रममा बाटोबाट चिप्लिएर बडिगार्ड खोलामाखसी बेपत्ता भएको प्रहरीले जनाएको छ ।बेपत्ता अधिकारीलाई खोज्न प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीको कमाण्डमा टोली खटिएको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान ८ : १३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभाग अन्तर्गत भूकम्प महाशाखा प्रमुख मोनिका झाले यो खोटाङको मार्तिमबिर्ता केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको बताइन् ।

प्रमुख झाका अनुसार यो गोरखा भूकम्पको पराकम्पन नभई छुट्टै भूकम्प हो । खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको छ ।जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आइनसकेको जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय