मलामी गएका पुरुष बडिगाड खोलामा खसेर वेपत्ता

गुल्मी । छिमेकीको मलामी गएका गुल्मीका एक पुरुष बडिगाड खोलामा बेपत्ता भएका छन् ।

गुल्मीको मुसिकोट नगरपालिका वार्ड न ४ का अन्दाजी ६० वर्षीय तुलबहादुर अधिकारी बडिगाड खोलामा खसेर वेपत्ता भएका हुन् ।उपल्लो भुवाचिदी स्थित वडा नं ४ र ६ जोड्ने पुलको नजिकको पैदल हिड्ने साघुरो बाटोबाट चिप्लिएर बडिगाड खोलामा खसेर उनी वेपत्ता भएका हुन् ।

स्थानिय र प्रहरी चौकी वामिको सक्रियतामा भुवाचिदी देखि तल्लाफाट सम्म खोजी गर्दा पनि फेला नसकिएको वामी प्रहरी चौकीले जनाएको छ । उनको खोजि कार्य भईरहेको छ । – बडिगाड अनलाईनबाट

यो पनि पढ्नुहोस् – काठमाडौं । पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ । सक्रिय संक्रमितमध्ये चार हजार २१८ जना होम आइसोलेसनमा र १५१ जना संस्थागत आइसोलेनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३३ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा रहेका छन् ।

कोरोना संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९६६ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये काठमाडौंमा १५५, ललितपुरमा ४४, भक्तपुरमा १२, कास्कीमा १३, सुनसरीमा १०, कैलालीमा ७, चितवन र रुपन्देहीमा ५/५ जना रहेका छन् ।

प्रदेश अनुसार बागमती प्रदेशमा २२६, प्रदेश १ मा २३, मधेशमा ४, गण्डकीमा १७, लुम्बिनीमा १२, कर्णालीमा २ र सुदूरपश्चिममा ७ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय