अरिङ्गालको टोकाइबाट बागलुङमा १ जनाको मृत्यु

बागलुङ : अरिङ्गालको टोकाइबाट बागलुङमा पर्वतका एक युवाको ज्यान गएको छ।

पर्वतको कुश्मा नगरपालिका-१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा टोकेर गम्भीर घाइते भएपछि धौलागिरी अस्पताल बागलुङमा ल्याईएको र उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

परियार गए राति घर नजिककैको जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि गम्भीर घाइते भएका थिए ।

यो पनि पढ्नुहोस् – जनकपुरधाम । सर्लाहीमा टिपरले दिएको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका १० किसनपुरस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१क ०१९६ नम्बरको टिपरले बिपरित दिशातर्फ जाँदै गरेको ना२१प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी विजय यादवले जानकारी दिए ।

ठक्करले मोटरसाइकल चालक रौतहटको इशनाथ नगरपालिका ५ लक्ष्मिनिया बस्ने २६ वर्षीय मुकेश साहको घट्नास्थलमै मृत्यु भएको यादवले बताए । ठक्कर दिने टिपर एवम् चालकलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय