श्रावणको दोस्रो हप्ताले लगानीकर्ता खुसी, शेयर बजारमा हरियाली !

काठमाण्डौ । मौद्रिक नीतिपछि शेयर बजारमा हरियाली फर्किएको छ । विहीबार दोहोरो अङ्कले बढेको बजार आज शुक्रवार पनि बढेर नै बन्द भएको छ ।

आज नेप्से १२.९२ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २१४० विन्दुमा पुगेको छ । २१६ कम्पनीहरूको शेयर किनबेच हुँदा २ अर्ब १९ करोडमाथिको कारोबार भएको छ । जलविद्युत र गैरजीवन बिमा समूह बाहेक सम्पूर्ण उपसूचकमा आज हरियाली छाएको छ भने विकास बैंक उपसमूहमा सबै भन्दा धेरै चमक आएको छ ।

२ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा १०३ कम्पनीको शेयर मूल्य बढेको छ । मौद्रिक नीतिले ४/१२ को सीमालाई परिर्वतन गरेर १२ करोडको बनाएपछि त्यसको प्रभाव शेयर बजारमा देखिन थालेको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं – सयपत्री हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी रहने ६ लाख ७० हजार ५८६ कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा साउन १७ गते हुनेछ भने ढिलोमा साउन २७ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय