टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जनकपुरधाम । सर्लाहीमा टिपरले दिएको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका १० किसनपुरस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१क ०१९६ नम्बरको टिपरले बिपरित दिशातर्फ जाँदै गरेको ना२१प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी विजय यादवले जानकारी दिए ।

ठक्करले मोटरसाइकल चालक रौतहटको इशनाथ नगरपालिका ५ लक्ष्मिनिया बस्ने २६ वर्षीय मुकेश साहको घट्नास्थलमै मृत्यु भएको यादवले बताए । ठक्कर दिने टिपर एवम् चालकलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् – साउन, काठमाडौं । संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ ।

समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा प्रतिवेदन पेश गरेका हुन् । जसमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको उल्लेख छ ।

अर्थ मन्त्रालयबाट प्राप्त जवाफ, कागजात, प्राप्त भएको सीसीटीभी फुटेजको अध्ययन गरेको समितिले भनेको छ, ‘हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधरामा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन ।’

यससँगै करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रभावको प्रसंग सादर्भिक नरहेको समितिले बताएको छ । प्रतिवेदनमा भनिएको छ, ‘करको दरले अर्थतन्त्रमा परेको प्रभावहरुको नियमित अध्ययनले संसदको सम्बन्धित विषयगत समितिले नै गर्ने हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नुपर्ने देखिएन ।’

प्रतिक्रिया

सम्बन्धित खवर