चुनावमा जान डराए प्रचण्ड, मिति घोषणा गर्न प्रधानमन्त्रीलाई रोकेपछि हंगामा !

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावमा जान डराएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार नै संघ र प्रदेशको निर्वाचनको मिति तोक्ने तयारी गरेपछि उनले तत्काल निर्वाचन घोषणा नगर्न दबाब दिएका छन् । 

देउवाले बुधबार आफू चुनावको मिति घोषणा गर्न लागेको भन्दै प्रचण्डलाई फोन गरेका थिए । बिहीबार माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालका अध्यक्षसहितका नेताहरुसँग प्रचण्डले प्रधानमन्त्री देउवाले फोन गरेर चुनावको मिति घोषणा हुन लागेको बताएको र आफूले केही दिन रोक्न आग्रह गरेको बताएका हुन्।

‘म क्याबिनेट बैठकबाट चुनावको मिति घोषणा गर्दैछु, तपाईको समर्थन दिनुस् । मलाई देउवाले टेलिफोनमा हिजो भन्नुभयो,’ प्रचण्डले भने, ‘मैले केही दिन पर्खिनुस् भनें।’

आफूले नागरिकता विधेयक र सत्य निरुपण तथा वेपत्ता नागरिक खोजविनका लागि बनेको विधेयक पारित नगरी चुनाव घोषणा नगर्न सुझाव दिएको प्रचण्डको भनाइ थियो।

‘कम्तीमा नागरिकता विधेयक र सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता नागरिक खोजविनसम्बन्धी विधेयक संसदबाट पास गरेर मात्र चुनावको मिति घोषणा गर्नुहोला,’ प्रचण्डले भनेका छन्, ‘अब केही दिनमै चुनावको मिति घोषणा हुन्छ।’ उनले केही दिनमा चुनावको मिति घोषणा हुने र मंसिर ४ मै चुनाव हुने बताए । 

चुनावको मिति घोषणा लगायतका विषयमा छलफल गर्न अहिले केहीबेरपछि सत्ता गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा चुनावको मिति, गठबन्धन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् –  मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय