नेपालमा फेरि बढ्यो कोरोना, आज थप ७१० जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।

यो पनि पढ्नुहोस् – १२ साउन, सुर्खेत । लगातार परेको अविरल वर्षाका कारण घट्टे खोलामा आएको बाढी गाउँमा पस्दा रुकुम पश्चिमका २५ घर विस्थापित भएका छन् ।

आठबीसकोट नगरपालिका वडा नम्बर ७ गारास्थित १० गतेदेखि परेको अविरल वर्षातका कारण घट्टे खोला गाउँमा पसेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । खोलाको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ ।

सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर खोलामा मिसिदा घट्टे खोलामा लेदोसहितको बाढी आएको र त्यो बाढी गाउँमा पसेको आठबीसकोट नगरपालिकाका मेयर रवी केसीले जानकारी दिए ।

बाढीले किसानको जमिन कटान गर्दा धान, मकै लगाएतका खेतीबाली बगाइदिएको छ ।

ईलाका प्रहरी कार्यालय आठबीसकोट खटिएको प्रहरी र स्थानिय तहको सम्वन्वयमा जेसीबी लगाएर खोलालाई साबिक ठाउँमा फिर्ता गराउने कार्य भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय