गुल्मीमा १ वर्षको अवधीमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु

गीता पाण्डे,गुल्मी : आर्थिक बर्ष २०७८ /०७९ मा गुल्माीमा सवारी दुर्घटनामा परी मृत्यु हनेको संख्या १७ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कार्यालयका अनुसार २०७८ साल साउनमा ट्रयाक्टर दुर्घटनामा दुई जना,जीपमा एक र मोटरसाइकलमा एक जना गरी कुल ४ जनाको मृत्यु भयो । जसमा तीन जना पुरुष र एक जना महिला रहेको कार्यालयले जनाएको छ ।

यस्तै भदौमा जीप दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । असोजमा सवारी दुर्घटना परी चार जनाको मृत्यु भएको छ । जसमा एक जीप र दुई वटा मोटरसाइकल दुर्घटनामा दुई जना महिला र दुई जना पुरुष गरी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।

कार्तिकमा एक ट्याक्टर, एक जीप र दुईवटा मोटरसाइकल गरी पाँच वटा सवारीहरु दुर्घटनामा परे जसमा दुई जना महिलाको मृत्यु भयो। यस्तै मङसिरमा भने तीन वटा मोटरसाइकल दुर्घटना भए पनि मानवीय क्षती भने नभएको कार्यालयले जनाएको छ । पुसमा एक मोटरसाइकल दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको कार्यालयले जनाएको छ ।

 माघमा चार वटा सवारी दुर्घटना भए जसमा एक जना पुरुषको मृत्यु भएको कार्यालयको तथ्याकंमा रहेको छ । फागुन महिनामा कुनै सवारी दुर्घटनामा नपरेको कार्यालयले जनाएको छ । यस्तै चैत महिनामा दुई वटा मोटरसाइकल र दुई ट्याक्टर गरी चार सवारी दुर्घटनामा परि तीन जना पुरुषको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक देबीप्रसाद पौडेलले जानकारी दिए ।

बैशाख महिनामा कुनै सवारी साधन जिल्लामा दुर्घटनामा नपरेको कार्यालयले जनाएको छ । जेठ महिनामा मोटरसाइकल दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । यस्तै असारमा भने जिल्लामा कुनै सवारी साधन दुर्घटनामा नपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 यसरी १७ जनाको मृत्यु हुने गरी सवारी दुर्घटनाको कारण भने चालकको लापरबाहीका कारण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक देबीप्रसाद पौडेलले जानकारी दिए । आर्थिक वर्ष २०७७।०७८मा कुल ३७ वटा सवरी दुर्घटनामा २२ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । जसमा १६ जना पुरुष ,पाँच जना महिला र एक जना बालक रहेका छन् ।

आर्थिक वर्ष २०७६।०७७ मा २८ वटा सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ । जसमा पुरुष १० जना,महिला तीन जना र दूई जना बालबालिका रहेको कार्यालयले जनाएको छ। बिशेष गरी सवारी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको कार्यालयले जनाएको छ ।

सवारी दुर्घटना कम गर्न जनचेतनामुलक कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीले सवारी दुर्घटना कम गर्नका लागि जनचेतना मुलक कार्यक्रमहरु गरेको जनाएको छ । बिधाथीहरुलाई कक्षा संचालन गर्नुका साथै सुरक्षित चालक बनाउनका लागि कक्षा संचालन , यातायात ब्यबसायीहरु , चालक तथा सह चालकहरुलाई जनचेतना मूलक कार्यक्रम गरेको कार्यलयले दाबी गरेको छ ।

यस समय अवधिमा जिल्लामा सात हजार ४८२ जनालाई जनचेतना मुलक कार्यक्रमहरु प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यस्तै बिभिन्न अन्र्तक्रिया , पर्चा पम्प्लेट वितरण र स्थानीय संचार माध्यममबाट ट्राफिक ज्ञान सम्बन्धी गतिबिधिहरु प्रशारण गरेको कार्यलयले जनाएको छ ।

ज्ञान सम्बन्धी गतबिधिहिरु प्रशारण गरेको कार्यलयले जनाएको छ । खबर मार्केट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय