निर्वाचन आयोगबाट आयो देशभरका एमाले कार्यकर्ताका लागी खुशिको खबर

निर्वाचन आयोगबाट देशभरका एमाले कार्यकर्ताहरु खुशि हुने गरि खबर आएको छ । भर्खरै निर्वाचन आयोगबाट बाहिरिएको खबरले एमाले अध्यक्ष केपी ओली देखी समान्य कार्यकर्तालाई समेत खुशीयाली दिएको छ ।

स्थानिय तहको निर्वाचनमा काग्रेस , माओवादी , नेकपा एस , जसपा , राष्ट्रिय जनमोर्चा सबै पार्टी मिलेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनाव हराइयो भनेर खुशीयाली मनाइरहेका बेला निर्वाचन आयोगले आधिकारीक रिजल्ट प्रकाशित गरेको छ जसमा लोकप्रिय मतमा नेकपा एमाले पहिलो पार्टी बन्न सफल भएको छ ।

मत समेत काउन्ट गरिएको देशभरीको अन्तिम परिणाम सार्वजनिक गर्दै निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेको छ जसमा नेपाली काग्रेसलाई एक लाख भोटले उछिन्दै नेकपा एमाले लोकप्रिय मतमा पहिलो पार्टी बन्न सफल भएको छ ।

एमालेका अध्यक्ष केपी ओली देखी एमाले नेताहरुले पटक पटक लोकिप्रिय मतका आधारमा एमाले पहिलो पार्टी भएको सार्वजनिक दाबी गर्दै आएका थिए जुन कुरा निर्वाचन आयोगले समेत आधिकारी क विवरण सार्वजनिक गर्दै प्रमाणित गरिदिएको छ । एमाले हरायौँ भन्ने नेकपा माओवादी केन्द्र र नेकपा एसको भने हरिबिजोग देखिएको छ ।

आयोगले मंगलवार पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनको आधिकारिक सम्पूर्ण सिट र मत परिणामसहितको विवरण सार्वजनिक गरेको हो ।३२९ स्थानीय तहको प्रमुख पद जितेर सिटमा पहिलो बनेको नेपाली कांग्रेस समग्र मतमा भने एमालेभन्दा पछि परेको आयोगले जनाएको छ ।

कांग्रेसले अध्यक्ष र प्रमुख पदमा प्राप्त गरेको मतभन्दा एमाले करिब एक लाख मतले अगाडि रहेको छ । त्यस्तै वडाध्यक्षतर्फको मतमा पनि एमालेले अग्रता पाएको छ ।एमालेले ३८ लाख २१ हजार ६०६८मत पाएको छ ।

कांग्रेसले ३७ लाख ४६ हजार ७५१ मत पाएको छ । तेस्रो स्थानमा माओवादी केन्द्रले १३ लाख ३७ हजार ९०५ मत पाएको छ ।जसपा ५ लाख ५७ हजार ६६२ मतसहित चौथो स्थानमा रहेको छ भने नेकपा एसले ४ लाख ५८ हजार ४६० मत पाएर पाँचौँ स्थानमा रहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले मंगलवार सार्वजनिक गरेको आधिकारिक मत विवरण अनुसार नेपाली कांग्रेसले वडाध्यक्षहरूको मतका आधारमा ३९ लाख ५६ हजार १९३ मत पाएको छ ।

त्यस्तै नेकपा एमालेले वडाहरूमा पाएको मत ३८ लाख ११ हजार ६०२ मत पाएको छ । माओवादी केन्द्रले १५ लाख ३ हजार २४७ मत पाएको छ ।

चौथो स्थानमा रहेको जसपाले वडाध्यक्षतर्फ ६ लाख ८८ हजार ३८० मत पाएको छ भने नेकपा एसले ४ लाख २२ हजार ७३७ मत वडाहरूमा पाएको छ ।

छैटौँ स्थानमा रहेको राप्रपाले ३ लाख ६४ हजार १६० मत पाएको छ । सातौँ स्थानमा लोसपा रहेको छ । उसले २ लाख ४४ हजार ८८८ मत पाएको छ ।

संघीय संसदको चुनाव आगामी मंसिर ४ गते हुन सक्ने निर्वाचन आयोगका प्रमुख निर्वाचन आयूक्त दिनेश थपलियाले संकेत गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले अर्को मन्त्रीपरिषद बैठकले निर्वाचनको मिति तोक्न सक्ने बताए ।

  1. निर्वाचन आयोगले एकै चरणमा चुनाव सम्पन्न गर्ने गरी मिति सिफारिस गरिसकेको थपलियाको भनाइ छ ।उनले भने, ‘आउँदो क्याबिनेटको बैठकबाट मंसिरको ४ गते निर्वाचन हुने गरी मिति तोकियो भने आश्चर्य नमान्दा हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय