एकैपटक २ कम्पनीको आइपीओ निष्कासन अनुमति

काठमाडौं – धितोपत्र वोर्ड पछिल्लो समय निकै आक्रामक भएर आफ्नो पेण्डिङ कामहरू गरिरहेको छ । यसैबीच २ फरक फरक कम्पनीले आइपीओ निष्कासनको अनुमति दिएको छ ।

साउन ९ गते इष्टर्न हाइड्रोपावर लिमिटेडल र साउन १० गते खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने बोर्डबाट अनुमति पाएका हुन् ।इष्टर्न हाइड्रोपावर कम्पनीले १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । १०० रुपैयाँ अंकितदरले कम्पनीले पहिलो चरणमा स्थानीयको लागि निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।खप्तड लघुवित्त वित्तीय संस्थाले १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । अब कम्पनीले १०० रुपैयाँ अंकित दरले सर्वसाधारणलाई आइपीओ जारी गर्ने छ ।शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस् -काठमाडौं – शेयर बजारमा दुई दिनको हरियालीमा ब्रेक लागेको छ । आर्थिक वर्ष २०७९।०८० को मोद्रिक नीति सार्वजनिक गरे पछिको २ कारोबारको दिन उचालिएको शेयर बजार फेरी तेस्रो कारोबारको दिन ओरालो लागेको हो ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.८० अकंले घटेर २०८८.१६ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.४५ अकंले बढेर २१३२.९६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार २९८ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१४ कम्पनी ९९ लाख ४४ हजार ४८ हजार कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब १० करोड ५८ लाख १८ हजार ९४१ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्से भारी अकंले घट्दा सिवम् सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १९ करोड ३६ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, अरुण काबेली पावरको १५ करोड ५७ लाख ८ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १० करोड २४ लाख ५० हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ९ करोड ८० लाख ५९ हजार रुपैयाँ र राधी विद्युत कम्पनीको ८ करोड ३५ लाख २९ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय