जेठ १४ गते रातिको सीसीटीभी फुटेज भेटियो, मान्छे चिनिएन !

काठमाडौं । अर्थमन्त्रालयमा बाहिरी व्यक्तिको घुसपैठ भएको भनिएको १४ जेठको सीसीटीभी फुटेज रिकभर भएको छ ।

नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाले फुटेज रिकभर गरेर संसदीय छानबिन समितिमा पठाएको हो । प्रयोगशालाबाट प्राप्त भिडि‌ओ फुटेजहरू आज बिहान बसेको बैठकमा समिति सदस्यहरुले हेरेका थिए । १४ गते रातिको फुटेज भेटिएको तर, उक्त दृष्यमा मन्त्रालयभित्र रहेका मान्छेहरूको पहिचान हुन नसकेको एक सांसदले जानकारी दिए ।

‘रातिको दृष्यमा मान्छेहरूको अनुहार प्रष्ट चिनिएको छैन । यसलाई थप प्रष्ट पार्नका निम्ति हामीले विज्ञहरूसँग बसेर छलफल गर्ने निर्णय लिएका हौं,’ ती सांसदले भने ।

समितिले यस विषयमा एक्सक्लुसिभ समाचार लेख्ने पत्रकारसँग पनि थप सहयोग मागेको छ । अन्नपूर्ण पोष्टका पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापासँग समितिले सहयोग मागेको हो ।

पत्रकारहरूले आफूहरूसँग अर्थमन्त्रालयमा घुसपैठको प्रमाण रहेको बताइरहेका छन् । तर, समितिलाई उपलब्ध गराउन चाहेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय