१० वर्षपछि माईती गाउँ बाग्लुङ गएकी पूर्णिमा फेरी घर फर्किन पाईनन्

बाग्लुङ : बाग्लुङको बुर्तिबाङबाट गुल्मी हुँदै बुटवलतर्फ आउने क्रममा आइतबार पाल्पाको लघुवामा भएको बस दुर्घटनाका मृतक सबैको पहिचान खुलेको छ ।

बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । मुत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेका छन् लु १ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका-२ लघुवामा दुर्घटना भएको थियो । आज बिहान मात्रै मृतक सबैको खनाखत भएको हो । मृत्यु भएका ६ जना मध्य एक बाग्लुङको तमानखोला गाउँपालीका ४ लाम्मेलाका पूर्णिमा विक रहेका छन् ।

पूर्णिमा एक हप्ता अगाडि आफ्नो माईतिपक्ष (बाबा आमा) लाई भेट्न तमानखोला गएको उनको परिवारको जानकारि छ । उनकै आमाका अनुसार पूर्णिमाले बुवालाई १० वर्ष पछि भेटेका थिए । पूर्णिमाले विवाह गर्ने समयमा बुवा बिदेश भएको र अहिले मात्रै आएको कारण उनी आफ्नो ससुरा बुवाको साथमा जन्मदिने बुवालाई भेट्न नवलपरासीबाट आएका थिए ।

हाल बर्दघाट नवलपरासी बस्दै आएका मृतक पूर्णिमाका श्रीमान बलराम श्रीपाली बैदेशिक रोजगारका लागी विगत ४ वर्ष देखि कतारमा छन । २४ वर्षीय पूर्णिमाको घटना स्थलमा मृत्युभएको हो भने उनी संगै यात्रामा रहेका उनका ससुरा अम्मरे विकको ढाडमा चोट लागेको प्रहरीको भनाई छ ।

८ गतेको दिन लामो यात्रा गर्नुहुन्न भन्दै आफुले नजान पटक पटक आग्रह गरेपनि बिशेष काम देखाउदै हिडेको उनको आमाको भनाई छ । पूर्णिमाको शव बुझ्न बुर्तिबाङबाट पूणर्ीमाको आमाबुवा सहित उनको घर पक्षका आफन्त अहिले उक्त स्थानतर्फ जान लागेको मृतक पूर्णिमाका जेठाजु दाई शिखर श्रीपालीले बताएका छन ।

पूर्णिमामा संगै मृत्यु हुनेमा बाणगंगा नगरपालिका-२ कपिलवस्तुका ४५ वर्षीय सुरज सोमै, गुल्मीको चन्द्रकोट गाउँपालिका-८ का १६ वर्षीय प्रवेश काफ्ले, देवदह नगरपालिका-७ रूपन्देहीकी ८७ वर्षीया दिलसरा कामी, बडिघाट गाउँपालिका-१० बाग्लुङकी ५५ वर्षीया यमकला थापा र मुसिकोट नगरपालिका-७ का ४० वर्षीय लालबहादुर राना रहेका छन् ।

घाइतेमध्ये लुम्बिनी मेडिकल कलेज र मिसन अस्पताल पाल्पामा १० जनाको उपचार भइरहेको छ । सामान्य अवस्थाका घर फर्किएका छन् । – बडिगाड अनलाइन,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय