बुर्तिबाङबाट बुटबलकालागि छुटेको बस दुर्घटना : ६ जनाको मृत्यु !

बुटवल : पाल्लामा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । घटनास्थलबाट १७ जनाको उद्धार गरिएको छ ।

दुर्घटनामा ३ पुरुष र ३ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । घाइते १७ जनालाई तानसेनस्थित मिसन अस्पतालमा पठाएको उनले बताए ।

 बागलुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा आइतवार दुर्घटना भएको हो । बस सडकबाट ४ सय मिटर तल खसेको छ ।

यो पनि पढ्नुहोस  –काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् ।

मृतकमध्ये नितेश खर्वुजाको मात्रै सनाखत भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी शर्माले बताए । काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुवाहक बस र बा ६१ च नम्बरको स्कुटर रुख ढलेर च्यापिएका हुन् ।

अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ । यता, गृहमन्त्री बालकृष्ण खाडले घाइतेहरूको उपचार गर्न र सडक सुचारु गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय