रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ को मृत्यु, १२ जना गम्भीर घाइते

काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् ।

मृतकमध्ये नितेश खर्वुजाको मात्रै सनाखत भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी शर्माले बताए । काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुवाहक बस र बा ६१ च नम्बरको स्कुटर रुख ढलेर च्यापिएका हुन् ।

अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ । यता, गृहमन्त्री बालकृष्ण खाडले घाइतेहरूको उपचार गर्न र सडक सुचारु गर्न निर्देशन दिएका छन् ।

यो पनि पढ्नुहोस    काठमाडौं । प्रदेश एकको राजधानी सहर विराटनगरमा ३ अर्ब लगानीमा पाँच तारे होटल होटल सेन्चुरियनसहितको व्यापारिक मल खुल्ने भएको छ । मसला उत्पादन गर्ने नेपाली उद्योग सेन्चुरी ग्रुप अफ कम्पनीले अर्को वर्षदेखि सञ्चालनमा ल्याउनेगरी विराटनगरमै पहिलो पटक पाँचतारे होटल र मलमा लगानी गरेको हो ।

३० कठ्ठा जमिनमा बन्ने ७५ हजार स्क्वायर फिटको मलमा १५० कोठाको पाँचतारे होटल सेन्चुरियन हुने कम्पनीका अध्यक्ष मोतीलाल दूगडले बताए । होटल सेन्चुरियनको व्यवस्थापनमा साझोदारी भने पाँच तारे होटल र्‍याडिनले गर्ने उनको भनाइ छ ।

‘विराटनगरमा पहिलो पाँच तारे होटल सहितको मल बनाउँदै छौं । अर्को वर्ष होटलसहितको मल सञ्चालनमा आउँछ,’ दूगडले भने ‘ होटलमा क्यासिनो, बालद्यान र व्यापरिक प्रयोजनको मल उपयोग हुनेछ ।’

होटल सेन्चुरियन व्यवस्थापनका लागि सोमबार साँझ ६ः३० बजे होटल र्‍याडिसनसँग सम्झौता हुने पनि उनले बताए । होटलसहितको पूर्वाधारमा बैंकहरुले १८० करोड र बाँकी १२० करोड लगानी सेन्चुरी ग्रूप अफ कम्पनीले गरेको अध्यक्ष दूगडको भनाइ छ ।

शिक्षा, राजनीति, उद्योग, व्यापार र पर्यटनको हबको रुपमा रहेको बिराटनगरमा पाँच तारे होटलको अभाव पूर्तिका लागि परियोजनामा लगानी गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय