शैक्षिक सामाग्री निर्माण तथा कक्षाकोठा सजावट सम्बन्धि तालिम सम्प्पन्न ।।

कृष्ण भट्टराई गुल्म ,पशुपती निम्न माध्यमिक बिधालय मुसिकोट नगरपालिका ४ दजाकोट गुल्मिमा शैक्षिक सामाग्री निर्माण तथा कक्षाकोठाको सजावट सम्बन्धि दुई दिने तालिम सप्पन्न भएको छ।

युनाइटेड वर्ल्ड स्कुल्स नेपाल गुल्मी शाखा र बिधालयको संयुक्त आयोजनामा यहि श्रावण ४ र ५ गते तालिम संचालन गरिएको हो।हाल बर्षे बिदाको कारण बिधालय संचालन नभएको र बिदाको समयलाई शैक्षिक रुपमा उपलब्धिमूलक बनाउनको लागि बिधालयमै तालिमको आयोजना गरिएको बिधालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले जानकारी दिनुभयो।

शैक्षिक सामाग्री प्रयोगले बिद्यार्थीलाई सिकाईमा सरलता हुनुको साथै शिक्षकको पेसागत बिकास र शिक्षण उपलब्धिमूलक हुने उहाँले स्पष्ट पार्नुभयो।तालिममा विभिन्न कक्षाका बिद्यार्थीको बिषयगत सहित सिकाईमा प्रभाव पार्ने किसिमका शैक्षिक सामाग्री निर्माण गरिएको छ।शैक्षिक सामाग्री र कक्षाकोठा सजावट मार्फत बिद्यार्थीलाई बिषयबस्तुमा आकर्षित गरि दिगो र गुणस्तरीय शिक्षा दिन सकिने मनसायले तालिमको आयोजना गरिएको युनाइटेड वर्ल्ड स्कुल्स नेपाल गुल्मी शाखा स्कुल मोविलाइजर मिना बोहोरा सिंजालिले जानकारी दिनुभयो।उहाँले तालिममा सिकेका कुराहरुलाई दैनिक ब्यवहारमा निरन्तरता दिनको लागि सहभागिहरुलाई आग्रह गर्नुभयो।

तालिममा बिधालयका प्रधानाध्यापक सहित शिक्षक स्टाफ र युनाइटेड वर्ल्ड स्कुल्स नेपाल को तर्फबाट स्कुल मोविलाइजर मिना बोहोरा सिंजालि र ई सि डि मोविलाइजर मेनुका अर्यालको सकृय सहभागिता रहेको थियो।ई सि डि मोविलाइजर मेनुका अर्यालले मुख्य प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको थियो।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय