गुल्मीमा बाँदर धपाउन वडा कार्यालयले कर्मचारी नै नियुक्ति गर्यो

कृष्ण अन्जान, गुल्मी । गाउँघरमा बाँदरले हैरान पारेपछि रुरुक्षेत्र गाउँपालिका वडा नं. १ ले बाँदर लखेट्न दैनिक ज्यालादारीमा कामदार नियुक्त गरेको छ । बाँदर बारीमा पसेर बिध्वँसै मच्चाउन थालेपछि यहाँका किसानहरुले वडा कार्यालयमै पुगेर समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।

किसानहरुसँग गरिएको अन्तरकृया पछि वडा कार्यालयले बाँदर लखेट्न दैनिक ज्यालादारीमा व्यक्ति परिचालन गर्ने निर्णय गरेको रुरुक्षेत्र ३ का वडाध्यक्ष शेषनारायण पौडेलले जानकारी दिए । किसानहरु समस्या लिएर आए पछि कसरी समस्या समाधान गर्ने भनेर वडामा छलफल गरियो र यहि छलफल पछि बाँदर लखेट्न दैनिक ज्यालादारीमा मान्छे राख्ने निर्णय गरेपछि हामीले बाँदर लखेट्ने मान्छे परिचालन गरेका छौँ वडाध्यक्ष पौडेलले भने ।

रुरुक्षेत्र ३ थानपतिमा अहिले चार जना व्यक्ति बाँदर लखेट्ने कामका लागि नियुक्ति भएका छन । गाउँका उपल्लो भेग पानीटँकि पएग क्षेत्र हेर्नेगरि एक जना यसैगरि बसन्त पोखरी लोलेँगखोला माझगाउँ क्षेत्र, स्यालपोखरी, खरवारीपोखरा, गौतमटोल फेकलदी र चाउके क्षेत्र र झमादी वखलढुँगा क्षेत्र हेर्ने गरि एकएक जना व्यक्ति परिचालित गरिएको रुरुक्षेत्र ३ का वडासचिव बालकृष्ण गौतमले जानकारी दिए ।

दैनिक ५ सयका दरले पाउने गरि नियुक्ति भएका कामदार हरुले साउन र भदौ दुई महिना बाँदर लखेट्ने काम गर्नेछन । वडा कार्यालयले यसरी बाँदर लखेट्ने कामदार नियुक्ति गरेर काममा लगाएपछि किसानहरुलाई राहत भएको रुरुक्षेत्र ३ फल्लेखर्कका ज्ञानेश्वर ज्ञवालीले बताए । ठुलो सँख्यामा आउने बाँदरका हुलहरु लखेट्न एक्लै नसकिने भएकाले यसरी खटिएका व्यक्तिहरुलाई सहयोग गर्न र बाँदर आएको सुचना दिन पनि वडा कार्यालयले अनुरोध गरेको छ ।

अत्यधिक रुपमा घना भएको बनक्षेत्र र गाउँबाट मान्छेहरु पलाएन भएपछि घरबारीवरिपरि र खोल्साखाल्सी पनि अत्यधिक झाडि बनेपछि बाँदरको आश्रय स्थल बनेको पाईएको छ । वडाकार्यालयले बढेको झाडी फाँडेर बाँदरको आश्रय स्थल बन्न नदिन समेत समुदायलाई अपिल गरेको छ । उँखु लगाएत मकै, तरकारी, फलफुल खेति माथि बाँदरले वर्षैभरी आक्रमण गरेर हैरान पारेपछि यो क्षेत्रका किसानहरु पिडीत बनेका छन ।

रुरुक्षेत्र वडा न ३ मा बाँदर लखेट्ने कामदार राखेपछि वडा नं. १ च्यूरेकका किसानहरूले पनि बाँदरको समस्या समाधान गर्न माग गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय