उपेन्द्रले बाबुराममाथि लगाए मानसिक अवस्था गडबड भएको आरोप

काठमाडौं – अन्ततःजनता समाजवादी पार्टी दोस्रोपटक फुट्ने भएको छ । यसअघि अघिल्लो वर्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायतले जसपा त्यागेर लोसपा गठन गरेका थिए ।

पार्टी विभाजन भएको एक वर्ष नबित्दै उपेन्द्र यादव नेतृत्वको जसपा फेरि फुट्ने भएको हो । डा.बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्ने तयारी गरेपछि उपेन्द्रले उनीमाथि गम्भीर लाञ्छना लगाएका छन् । वीरगन्जमा बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा यादवले नेतैपिच्छे भट्टराईले फरक–फरक कुरा गर्ने गरेको र बखेडा मात्रै झिकेको आरोप लगाए ।

उनले भने, ‘भट्टराई फरक–फरक नेताको भेटमा फरक–फरक कुरा बोल्ने र पार्टीको बैठकमा नआउने, हस्ताक्षर गराएर बखेडा मात्र गराउने काममा लागे ।

भट्टराई कस्ता डाक्टर भएका छन्, आजभोलि बुझ्न सकिएको छैन । पछिल्लो समय उनको मानसिकता गडबड भएको जस्तो लाग्न थालेको छ ।’ भट्टराई गुटको नेता बन्न खोजेको यादवले कटाक्ष गरे ।

भट्टराईलाई माओवादीकालदेखि नै अध्यक्षको विरुद्धमा हस्ताक्षर गराएर हिँड्ने बानी परेको र अहिले पनि उक्त बानी यथावत् रहेको यादवले बताएका थिए ।

बाबुराम पक्षमाथि संगीन आरोप लगाउँदै सम्भवतः आज सकिने केन्द्रीय समिति बैठकले असन्तुष्ट पक्षलाई कारबाही गर्ने भएको छ । चुनावमा मुखमा फेरि पार्टी विभाजन भएमा उपेन्द्रले निकै ठूलो क्षति बेहोर्नुपर्ने निश्चित छ । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय