जन्मदिनको अवसरमा शैक्षिक सामग्री प्रदान

गुल्मीः आफ्नो जन्मदिनको अवसरमा एक विद्यार्थी नेताले विद्यार्थीलाई शैक्षिक सागम्री प्रदान गरेका छन् ।

माओवादी केन्द्रनिकट विद्यार्थीहरुको संगठन अनेरास्ववियू क्रान्तिकारी गुल्मी जिल्ला कमिटी उपाध्यक्ष रमेश पाण्डेले शैक्षिक सामग्री प्रदान गरेका हुन् । उनले धुर्कोट गाउँपालिका –६ रजस्थलस्थित धुर माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत सुनिता बन्जाडेलाई तीन दर्जन कापी, झोला, एक जोर पोशाक लगायतका सामग्री प्रदान गरेका हुन् ।

त्यसका साथै उनले विद्यालयमा चालु शैक्षिक सत्रको लागि आवश्यक पर्ने सबै खर्च आफुले व्यहोर्ने बताएका छन् । बुधबार जन्मदिनको अवसरमा एक कार्यक्रमबीच उनले विद्यालयमै पुगेर सामग्री हस्तान्तरण गरेका हुन् ।

विद्यालयका प्रध्यानाध्यापक लक्ष्मी प्रसाद खनालले सहयोग गर्ने पाण्डेलाई धन्यवाद् दिदैँ जन्मदिनमा हुने फजुल खर्चलाई शैक्षिक क्षेत्रमा लगाउन सके विपन्न बालबालिकाहरुको भाविष्यमा टेवा पुग्ने बताए ।

यो पनि पढ्नुहोस – ल्मीः गुल्मीमा आर्थिक अबस्था कमजोर भएका विपन्न तीन बिद्यार्थीको शैक्षिक जिम्मा धुर्कोट गाउपालिकाकी उपाध्यक्ष सीता गिरीले लिएकी छन् ।

धुर्कोट गाउँपालिका हाडहाडेमा रहेको सोमरभोमर माध्यमिक बिद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने बशन्ती घर्ती मगर, ५ मा पढ्ने बन्दना घर्र्ती मगर र कक्षा तीनमा पढ्ने बर्षा घर्ती मगरको ५ बर्षका लागि पढाउने जिम्मा लिएकी हुन् ।

उनीहरुको घरको आर्थिक अबस्था निकै कमजोर भएकाले आफू गाउँपालिकाको उपाध्यक्ष पदमा पाँच बर्ष रहनुजेल सम्म शैक्षिक जिम्मेवारी लिने घोषण गरेको गिरीले बताइन् ।

घरको अवस्था र उनीहरुलाई देख्दा आफनो मनमा केही गर्नुपर्छ भन्ने लागेकाले पाँच बर्षका लागि आफनै छोरीहरु सरह मानेर ध्यान दिने उनको दाबी छ ।
बिद्यालयको बार्षिक उत्सवको अवसरमा आफूले उनीहरुलाई बिद्यालयको पोषाक र शैक्षिक सामग्री हस्तान्तरण गरेको बताउँदै शैक्षिक क्षेत्रको पूर्ण जिम्मेवारी पूरा गर्ने उद्घोष गरिन् ।

उनीहरुले गाडीमा घुम्न जाने हामीहरुलाई रहर लागेको छ भनेकाले समय मिलाएर सदरमुकाम तम्घासमा घुमाउने ल्याउने आफूले योजना बनाएको गिरीले बताइन् । उनले गरीब विपन्नहरुको साथमा स्थानीय सरकार सधै रहेको बताउँदै आर्थिक अभावमा शिक्षा लिनबाट कोही पनि वञ्चित हुन नपर्ने दाबी गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय