उपाध्यक्ष गिरीद्धारा विपन्न तीन बिद्यार्थीेको शैक्षिक जिम्मा

गुल्मीः गुल्मीमा आर्थिक अबस्था कमजोर भएका विपन्न तीन बिद्यार्थीको शैक्षिक जिम्मा धुर्कोट गाउपालिकाकी उपाध्यक्ष सीता गिरीले लिएकी छन् ।

धुर्कोट गाउँपालिका हाडहाडेमा रहेको सोमरभोमर माध्यमिक बिद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने बशन्ती घर्ती मगर, ५ मा पढ्ने बन्दना घर्र्ती मगर र कक्षा तीनमा पढ्ने बर्षा घर्ती मगरको ५ बर्षका लागि पढाउने जिम्मा लिएकी हुन् । उनीहरुको घरको आर्थिक अबस्था निकै कमजोर भएकाले आफू गाउँपालिकाको उपाध्यक्ष पदमा पाँच बर्ष रहनुजेल सम्म शैक्षिक जिम्मेवारी लिने घोषण गरेको गिरीले बताइन् ।

घरको अवस्था र उनीहरुलाई देख्दा आफनो मनमा केही गर्नुपर्छ भन्ने लागेकाले पाँच बर्षका लागि आफनै छोरीहरु सरह मानेर ध्यान दिने उनको दाबी छ ।
बिद्यालयको बार्षिक उत्सवको अवसरमा आफूले उनीहरुलाई बिद्यालयको पोषाक र शैक्षिक सामग्री हस्तान्तरण गरेको बताउँदै शैक्षिक क्षेत्रको पूर्ण जिम्मेवारी पूरा गर्ने उद्घोष गरिन् ।

उनीहरुले गाडीमा घुम्न जाने हामीहरुलाई रहर लागेको छ भनेकाले समय मिलाएर सदरमुकाम तम्घासमा घुमाउने ल्याउने आफूले योजना बनाएको गिरीले बताइन् । उनले गरीब विपन्नहरुको साथमा स्थानीय सरकार सधै रहेको बताउँदै आर्थिक अभावमा शिक्षा लिनबाट कोही पनि वञ्चित हुन नपर्ने दाबी गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय