चार महिनादेखि स्थिर ब्याजदर साउनमा बढ्ला कि घट्ला ?

काठमाडौं – साउन महिनामा पनि वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने भएका छन्। विगत ४ महिनाअघिदेखि ब्याजदर नबढाएका बैंकहरुले साउनमा पनि ब्याजदर स्थिर राख्ने भएका हुन्।

बैंकर्स सँघले साउनमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने तयारी गरेकाे छ। अधिकाँश बैंकहरु साउनमा ब्याजदर नबढाउने पक्षमा देखिएका छन्। यसले गर्दा साउनमा पनि बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर ११.०३ प्रतिशत नै कायम हुने छ। यसवारे सँघले आधिकारीक निर्णय भने गरिसकेको छैन।

बैंकहरुले निक्षेपमा ब्याजदर नबढाए पनि कर्जामा भने अझै बढ्ने छ। बैंकहरुको लागत बढ्दै गएका कारण उनीहरुको आधार दर बढ्ने भएकोले कर्जाको ब्याजदर भने बढ्ने देखिएको होकेन्द्रिय बैंक अझै बैंकहरुको ब्याजदर बढाउनु पर्ने पक्षमा छ। बैंकहरुले पनि केन्द्रिय बैंकलाई ब्याजदर बढाउने गरी मौद्रिक नीति ल्याउन सुझाइरहेका छन्।

अन्य देशहरुले जस्तै नेपालले पनि ब्याजदर अझै बढाउनु पर्ने अवस्था देखिएको केन्द्रिय बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय