काठमाडाैंको भृकुटीमण्डपमा भीषण आगलागी

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा भीषण आगलागी भएको छ । भृकुटीमण्डपको पुरानो सिनेमा हल नजिकै एक गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौं एसएसपी भरत बोहराले जानकारी दिए । उनले आगो निभाउने प्रयास भइरहेको बताए ।

आगो निभाउन काठमाण्डौ महानगरपालिकाको दमकल पुगेको छ । प्रहरी र ललितपुरको दमकल पनि पनि परिचालन गर्ने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

यो पनि पढ्नुहोस- यो पनी पढ्नुहोस – आर्थिक वर्षमा बेरुजु १५.४६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६-७७ को तुलनामा २०७७-७८ मा संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थामा १५.४६ प्रतिशतले बेरुजु बढेको महालेखा परीक्षकले जनाएको छ ।

महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार २०७७-७८ मा कुल बेरुजु रकम ४ खर्ब, ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

लेखा परीक्षणका क्रममा कानुन अनुसार पुर्‍याउनुपर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी ठहर भएको कारोबारलाई बेरुजु भनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय