गोकुल बासकोटाले प्रदेश चाहिँदैन भन्नुका पछिको रहस्य ?

काठमाडौं – पछिल्लो समय नेपालमा संघीयता आवश्यक नभएको भन्दै खारेज गर्नुपर्ने आवाज उठिरहेको छ । प्रत्येक पार्टीमा संघीयताबारे पुनर्विचार गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ ।

सोमबार मात्रै सम्पादकहरूसँगको अन्तरक्रियामा एमाले अध्यक्ष केपी ओलीले संघीयताबारे पुनर्विचार गर्नसकिने बताए । उनले संघीयता महँगो बन्दै गएको गुनासो आउन थालेको उल्लेख गरे । पार्टी अध्यक्ष ओलीले संघीयताबारे पुनर्विचार गर्न सकिने बताएलगत्तै पूर्वमन्त्री एवं एमाले नेता गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय सभालाई राष्ट्रिय समावेशी सभा र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित मात्रको सभा बनाउनुपर्ने बताएका छन् ।

उनले यो भन्दा अग्रगामी कदम अरू नहुनेसमेत बताएका छन् । मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै बास्कोटाले संघीयता खारेज भयो भने खतमै हुने बताइरहेको भन्दै शक्तिशाली स्थानीय तह भएपछि जिल्ला समन्वय समिति र प्रदेश नचाहिने बताएका छन् । ‘एक दुई संघीयताका फण्डीते पण्डीतका गुनासो सुनियो, यो गयो भने खतमै हुन्छ रे ।

तर शक्तिशाली स्थानीय तह भएपछि जिल्ला समन्वय समिति र प्रदेश किन चाहियो ? बरु राष्ट्रिय सभामा केही सिट थपेर राष्ट्रिय समावेशी सभा बनाऔ र प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित मात्रको बनाऔं। अग्रगामी कदम नै यही हो,’ उनले लेखेका छन् ।

बास्कोटा पहिलेदेखि नै संघीयता विरोधी नेताका रूपमा परिचित छन् । उनले प्रदेश खारेज गर्नुपर्ने आवान उठाउँदै आएका छन् । र, पार्टी अध्यक्ष ओलीलाई पनि त्यस्तै सुझाव दिने गरेका छन् । पछिल्लो समय प्रदेशको अकर्मण्यता हेर्दा खारेज नै गर्नुपर्ने जनआवाज पनि देखिएको छ । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय