गुल्मीमा छोरा जन्मिएको अवसरमा अपाङ्ग बिद्यार्थीलाई खेलकुद सामाग्री हस्तान्तरण 

अनिष पन्थी,गुल्मी असार २७ ।गुल्मीमा एक व्यक्तिले आफ्नो छोरा जन्मेको अवसरमा अपाङ्ग बिद्यार्थीहरुलाइ खेलकुदका सामाग्री हस्तान्तरण गरेका छन।

 

जिल्लाको रेसुङ्गा नगरपालिका १३ निवासी शालिकराम खत्रीले आफ्नो छोरा जन्मिएको अवसरमा उपल्लो तम्घास माध्यमिक बिधालयमा अध्यनरत बहिरा स्रोत कक्षामा अध्यनरत बिद्यार्थीलाई खेलकुद सामाग्रीहरु हस्तान्तरण गरेका हुन।

 

खत्रीको छोरी ६ बर्षको हुदा मृत्यु भएको र छोरी पनि अपांग भएका कारण अपाङ्ग बिद्यार्थीहरुलाइ नै छोरिको सम्झना र छोरा जन्मिएको अवसरमा आठ हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको खत्रीले बताए।

यस्तो सहयोग गर्ने सोच पहिलेदेखि बनाएको खत्री बताउछन।
सक्ने मान्छेले त गर्छन तर अपांग लाई सहयोग आवश्यक रहेकोले आफुले सहयोग गरेको उनले बताएका छन।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय