गृहमन्त्री र कानूनमन्त्रीद्वारा एमाले नेता नेम्वाङसँग अचानक भेट

काठमाडौं । सरकारले प्रतिनिधि सभामा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाण र कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्माले प्रमुख प्रतिपक्षी दल एमालेका संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरेका छन् ।

आइतबार साँझ नेम्वाङको निवास बालुवाटारमा भएको भेटमा सरकारले संसदमा पेस गरिएको नागरिकता विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिए । एमालेका संसदीय दलका उप–नेता नेम्वाङसँगको छलफल सकारात्मक भएको गृहमन्त्री खाणले जानकारी दिएका छन् ।

नेता नेम्वाङले गृहमन्त्री खाण र कानूनमन्त्री शर्माले संसदमा पेस भएको नागरिकता विधेयक पास गर्न सहयोग गर्न आग्रह गरेको जानकारी दिएका छन् ।

‘तपाईहरूले पहिला ल्याएको नागरिकतासम्बन्धी अध्यादेशमा समावेश गरेका विषयबस्तु समावेश गरेर विधेयक संघीय संसदमा पेस गरेका छौँ । पास गर्नलाई छलफल गरौँ, भन्नुभयो’, नेम्वाङले भने, ‘मैले ठीक छ, हाउसमा विधेयक आएपछि छलफल त हुने नै भयो । हामी नागरिकता विधेयकमा सकारात्मक नै छौं । विधेयकमा के के विषय समेटिएका छन्, त्यो हेर्छौ भने ।’

सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो ।

राज्य व्यवस्था समितिले २०७७ असार नौ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो ।

 सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ ।

विधेयेकले अहिले देखिएको नागरिकता समस्यालाई सम्बोधन गर्नेछ । विधेयक पास भएमा नागरिकता नपाएका युवाहरू लाखौँ युवाले नागरिकता पाउनेछन् । ती युवालाई नागरिकता प्रदान गर्न विधेयकले सहयोग पु¥याउने अपेक्षा सरकारको छ ।

नेपालको संविधान २०७२ ले गैर आवासीय नेपाली नागरिकलाई पनि राजनीतिक र प्रशासनीकबाहेकका सामाजिक, आर्थिक र सास्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ । यो विधेयकमा सरकारले गैरवाआसीय नेपालीलाई नेपाली नागरिकता दिने भन्ने संवैधानिक प्रावधानलाई संवोधन गर्नेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक संसदबाट सहमतिका साथ पारित गर्ने योजनामा छन् । त्यसको जिम्मेवारी देउवाले गृहमन्त्री खाण र कानूनमन्त्री शर्मालाई दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय